सबैले देखेको, धेरैले थाहा नपाएको राजधानीको ब्लु लाइट एरिया

 
They are bound to sale themselves for survival

 भरतमा यौन व्यवशाय हुने क्षेत्रलाई रेड लाइट एरिया भनिन्छ भने फ्रान्समा एलो लाइट एरिया । काठमाण्डौमा यस्तो क्षेत्रलाई ब्लु लाइट एरिया भन्न थालिएको छ ।

जाने हो ? दुई सय दिन्छु ।’ केटी अलमल्ल पर्छे ।
५ सय रूपैयाँ दिन्छु,के भाउ खोजिरा नि ?।
साँझ साढे सात बजेको छ । ट्याम्पु कुरेर बसिरहेकी केटी केही बोल्न सक्दिन । त्यस अधबैंसेसँग एक प्रकारले आतंकित हुन्छे र पाखा लाग्न खोज्छे ।
बरु छेउमा उभिएकी केटी अर्धबैंसे नजिक पुग्छे र उसको हातको चुरोट तानेर खाँदै भन्छे, ‘कहाँ जानुपर्ने हो ?’
साँझ सबै आ–आफ्ना घरतिर लाग्ने तरखर गरिरहेका बेला एउटा वर्ग भने रत्नपार्क,सुन्धारा,एनएसी गेट,केशर महल,वीर हस्पिटल अगाडि झुम्मिरहेका हुन्छन् । उनीहरुले त्यस एरियाको नामाकरण गरेका छन् –फूलबारी चोक । देशमा लोकतन्त्र आएपछि रत्नपार्कबाट परिर्वतन भएको शंखधरपार्क केहीका लागि फूलबारी चोक बनेको छ । फूलबारी चोक अर्थात शरीर बेच्ने र किन्नेको केन्द्र ।
साँझ पर्न थालेपछि एनएसि अगाडिको रेलिङ,वीर अस्पताल जाने बाटो भद्दा मेकअप पोतेर बसेका युवती प्रशस्त देख्न सकिन्छ । १५/१६ देखि २०/२२ वर्ष उमेरका यी युवतीलाई पछ्याँउदै आइपुग्छन् १६/१७ वर्षका किशोर देखि ५०/६५ वर्षका बुढाहरू । अनि सुरू हुन्छ,शरीरको मोल–मोलाइ । कोही १/२ सय रूपैयाँमा नै राजी हुन्छन् भने कोही हजार रूपैयाँ दिने भनेपछि मात्र जान तयार हुन्छन् ।
साँझ रत्नपार्क र त्यस वरपर पुग्ने हो भने मुखमा मास्क लगाएर बसेका युवाहरूले पछ्याउन थालिहाल्छन् । चुइंगम पट्काएर ध्यान आर्कषण गरेपछि र आँखाले ईशारा दिने गर्छन् । कोही भने  छेउमै आएर,‘ जाने हो’? भनेर सोधि पनि हाल्छन् ।
श्ांकधरपार्क भित्र कोही रूखको फेदमा अडेस लागेर बार्गेनिङ गरिरहेका देखिन्छन् भने कोही बसेर नै भाउ मिलाइरहेका हुन्छन् । कतै दुई जना मात्र कुरा गरिरहेका हुन्छन् भने, कतै तीन चार जनाको समूह नै देख्न सकिन्छ । युवतिको हातमा सल्किएको चुरोट देख्नु सामान्य कुरा हो ।
काठमाण्डौ के के न पाइन्छ भनी गाँउघरबाट आएका युवतीहरू यहाँ केही काम नपाएपछि ग्राहक कुर्न रत्नपार्कमा धाउने गरेको सीता दिदी –नाम परिर्वतन) बताउँछिन् । युवतीका हुलमा केही ३०/३५ वर्षका महिला पनि छन् । जो श्रीमानको मृत्युपछि आफ्ना छोराछोरीका पेट पाल्न आफ्नो शरीरको मोलमोलाइ गरिरहेका हुन्छन् । चाँडो पैसा कमाउने लोभमा पनि यहाँ मेही युवती आउने गरेका सीता दिदी बताउँछिन् ।
रत्नपार्क धाउने युवतीहरू भन्छन्‘यहाँ आउनु हाम्रो रहर होइन, बाध्यता हा । ।बा–आमाले पढाइदिएनन् । नपढेकालाई कसले दिन्छ र काम ? बाँच्नका लागि जे पनि गर्नुपर्दो रहेछे ।’ फूलबारी चोकका यी चुँडिएका फूलहरू सबैको कथा उस्तै छ । ‘सुरूमा त निक्कै गाहे भएके थियो । डर पनि लागेको थियो तर अब त बानी परिसक्यो,’भेटिएकी एकजना युवतीले भनिन् ।
फूलबारी चोकका युवतीमध्ये धेरैको चाहना आफ्नो शरीर ग्राहकका लागि योग्य रहेसम्म यही पेशालाई अपनाउने हुन्छ तर केही भने जीवनमा केही राम्रो भइदिए यो पेशा छोड्न चाहन्छन् ।
रत्नपार्कमा भेटिएकी अर्की युवती भन्छिन्,‘हामीलाई बाटो हिँड्ने अरू केटीहरू नराम्रो नजरले हेर्छन् । हाम्रो पनि आफ्नै बाध्यता छ,पीडा छ ।’ पहिले यौन व्यवसाय गर्ने गरेकी सीमा –नाम परिर्वतन) भने अहिले ‘पार्टनर’ राखेर राम्रो जीवन बिताइरहेकी छन् । यो पेशाले भोलि आफूलाई पाल्दैन भन्ने थाहा पाएर नै उनले पार्टनरसँग जीवन बिताउन थालेकी हुन् । भन्छिन्, ‘भरिलो शरीर हुन्जेल रेस्टुरेन्टका साहुले हामीलाई उपयोग गर्छन् । त्यसपछि, फूलबारी चोकमा आउनुपर्छ ।’उनका अनुसार सदरमुकामका होटलमा ग्राहकहरूले मन पउारन छाडेपछि शहर आउनेहरू धेरै छन् । १६/१७ वर्षका युवतीहरू भने गाँउमा भन्दा शहरमा धेरैकमाउन सकिने लोभमा यहाँ आएका छन् ।
यसरी रत्नपार्कमा ग्राहक कुरेर बसेकाहरूलाई काठमाण्डौको एक गैरसरकारी संस्थाले सुरक्षित यौनसम्पर्कका लागि अस्थायी साधन बाँड्ने गर्छ । ५५ वर्षीय सीता दिदी ग्राहकको मन बहलाउने काम मात्र गर्दिनन्,आफ्ना साथीलाई सुरक्षित यौन सम्पर्कका लागि अस्थायी साधन बाँड्ने काम पनि गर्छिन् । यो पेशामा उनी बाध्यताले आएकी होइनन्,पैसाका लागि आएकी हुन् । उनका चारजना छोराछोरी छन् तर कसैलाइृ पनि आमाले गर्ने कामबारे थाहा छैन । साथमा दुधेबालक बोकेर ग्राहको प्रतिक्षामा बसिरहेका पनि भेटिन्छन्,यो क्षेत्रमा ।
सबैले देखेको ठाँउ हो–रत्नपार्क अर्थात् शंखधरपार्क । धेरैले थाहा नपाएको ठाउँ हो– फूलबारी चोक । फूलबारी चोकका यी विवश युवतीका पीडा झन् धेरैले थाहा नपाएको कुरा हो ।

Comments

  1. सबैले देखेको एरिया
    र सबै बाट उपेक्षित महिला समुदाय ...
    संघ संस्थाहरु यसकै नाम मा डलर पनि खान्छन होला
    सरकार को त किन कुरो गर्नु .

    ReplyDelete

Post a Comment

Thank you for watch.