शालीनदीमा उपासना – असल पतिको चाहना





शब्द देवकी बिष्ट/तस्वीर ओमलाल अकेला

भर्खर १२ वर्षमा टेकेकी साँखुकी सानु श्रेष्ठलाई स्वस्थानीको व्रत बस्ने इच्छा थियो। तर, उनी परीक्षाले गर्दा व्रत बस्न पाइनन्। आफू व्रत बस्न नपाए पनि हरेक शनिबार आस्थाको रमाइलो हेर्न उनी एकाबिहानै शालीनदी जान्छिन्। सानु भन्छिन,् – …यसपालि व्रत बस्न नपाए पनि अर्को वर्ष बस्ने बिचारमा छु।' चाबहिल, मित्रपार्ककी २१ वर्षीया सुवर्णा थापा आफ्ना इच्छाहरू पूरा गर्न व्रत बसेकी अर्की युवती हुन्। आफ्ना इच्छाहरूकाबारे उनी सबैलाई सबै कुरा बताउन तयार छैनन्। किशोरीहरूमा व्रत बस्ने इच्छा तीब्र भएपनि सबैका सामु त्यसको चर्चा गर्न भने लाज मान्दछन्।
व्रत बस्ने इच्छा हुँदाहुँदै जसले पनि राम्रो लोग्ने पाउने कामना पूरा गर्न व्रत बसेकी भनेर जिस्काउने हुनाले आफ्नो अभिलाशालाई कुल्चिएर शनिबार बिहान जात्राको रमाइलो हेर्न मात्रै भएपनि शालीनदी पुग्नेहरू धेरै छन्। सुवर्णा बताउँदै थिइन्, –…साथीहरू मलाई राम्रो लोग्ने पाउन व्रत बसेकी भनेर जिस्क्याउँछन्। मेरो मम्मी व्रत बस्न आउनु भएको छैन, म एक्लै आएर बसेकी छु। मभित्र आस्थामात्रै छ, कामना राखेकी छैन।' रौतहटकी जुनी गुरूङ्ग पनि खासै वर नमागी दिदीको साथी भएर व्रतबसेको बताउँछिन्। नारायणघाटकी ईश्वरी बमजम जुनीकी दिदी हुन्। बमजम ८ वर्षदेखि स्वस्थानीको व्रत बसिरहेकी भए पनि शालीनदीमा नै आएर व्रत बसेको भने यो पहिलोपटक हो। व्रत बस्नेमा केटीहरू मात्रै छैनन्। तन्नेरी उमेरमा टेक्नलागेका प्रदीप थापा केटी पाउन व्रत नबसेको बताउँछन्। उनी भन्छन् …अँ केटी त पाइहालिन्छ नि, मैले केटी पाउन भगवान्का सामु हात फैलाएको होइन।'
कलियुगका पार्वतीहरू महादेवजस्तो सर्वगुणसम्पन्न पति पाउने आशामा हरेक वर्ष शिव–उपासनाका लागि साँखुको शालीनदीमा भेला हुने गर्दछन्। पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्मका कठ्याङ्ग्रिने तीसदिन शालीनदीको चिसो पानीले उनीहरूको उपासनाको कठोर परीक्षा लिने गर्दछ। बिहान तीनै बजेदेखि चहलपहल शुरु हुन्छ। सत्ययुगमा पार्वतीले कठोर तपस्या गरेर शिवजीलाई प्राप्त गरेको ठाउँ मानिन्छ शालीनदी। हरेक वर्ष स्वस्थानी पर्वका बेला एकमहिना यहाँ मेला लाग्नेगर्दछ।
माधवनारायणको पूजा–आराधना र स्वस्थानीको कथा–श्रवण गर्न यो वर्ष पनि शालीनदीमा २६४ जनाको एउटा समूह भेला भएको छ। ती २६४ मध्ये ३२ जना पुरुषहरू पनि समावेश हुनु यसको रमाइलो पक्ष बनेको छ।
शालीनदीमा किशोरीहरू मात्र होइन विवाहित र बृद्ध महिलाहरू पनि व्रत बस्न आउने गरेका छन्। पार्वतीले महादेवलाई पतिका रूपमा पाऊँ भनेर शुरु भएको स्वस्थानीव्रत अहिले सबै मनोकांक्षा पूरा गर्ने माध्यम बनेको छ। विवाह नभएर उमेर ढल्केकाहरू अझै विवाह जुर्ने आशामा व्रत बसेका छन् भने छोरीमात्र भएकाहरूले छोराको आशा गरेका छन्। विवाहित महिलाले गौरीको पूजा गर्छन् भने अविवाहितले वासुकीनागको।
शालीनदीको किनारमा व्रत बसेकाहरू मूलतः दुई समुदायमा बाँडिएर बस्नेगरेका छन्। एकापट्टी नेवार समुदायका महिलाहरू माधवनारायणको नाम जप्दै हुन्छन् भने अर्कोपट्टी गैरनेवार समुदायका महिलाहरू महादेवको पूजा अर्चनामा लागेका हुन्छन्। यी दुर्र्र्ई समुदायका महिलाहरूलाई एउटै स्थानमा बसाल्न नमिल्ने पहिलेदेखिकै चलन हो। नेवार–समुदायलाई पूजा गराउने पुजारी माधवनारायण छन् भने अर्को समुदायका पुजारी गोबिन्द ढुङ्गाना छन्।
जात्रा हो, जात्रामा गीत नघन्काए कहिले घन्काउनु एकाबिहानै एफएममा घन्किएको पपगीत चर्काएर बसेका पसले भाइ बिक्रम भन्दै थिए, –…मेरो बुवा शालीनदीका सावा हुन्। हामी नभए त पूजा नै हुन्न। मेलामा शङ्ख बजाउनका लागि छुट्टै व्यक्ति राखिएको हुन्छ। त्यस्तो व्यक्तिलाई सावा भनिन्छ।'
शालीनदीमा धर्म र मनोकांक्ष्ँा पूर्ण हुने आस्थाले पुगेका प्रत्येक व्यक्ति शालीनदीको जललँई शिरमा छर्केर पवित्र हुन्छन्। मानिसको आस्थासँग इच्छाहरू मात्रै होइन, व्यापार पनि जोडिएको हुन्छ। शालीनदी मेलाको महिनाभर साँखु र बाहिरवाट आएका साना व्यापारीहरू राम्रै आम्दानी गर्दछन्। तीर्थका रूपमा शालीनदीको जति महत्व छ, त्यति यसको प्र्रचार भएको छैन। मेलाका लागि यो ठाउँमा अस्थायी सुविधाहरू बढाउने हो भने मानिसहरूको आवागमन फराकिलो हुने र व्यापार चम्किनेमा कुनै शङ्का छैन।
शालीनदीमा स्वस्थानी मेला हेर्न आउने श्रद्धालुले वर्तालुहरूलाई इच्छाअनुसार रातो पछ्यौरा, केराउ, लप्सी दान गर्छन्। वर्तालुहरू एकछाक खाना खान्छन्। खानाका केही कठोर नियम छन्। व्रत बसेकी रचना श्रेष्ठ भन्छिन, –…खानामा तिल, ढुङ्गा, राँै, धान भेटिएमा कसैलँई नभनी खाना छोड्नुपर्छ।
स्वस्थानी पर्वको अवधिभरी व्रत बसेका प्रत्येक पुरुषहरूले नुहँएपछि आफूले लगाएको एक जोर लुगामा प्रत्येक शनिबार र शुक्लपूर्णिमाको दिन शरीरले धर्ती नाप्दै शालीनदीदेखि भीमसेनथानसम्म घसि्रएर हिँड्नुपर्छ। यतिखेर वर्तालुहरूले अपशव्द बोलेमा वा गल्ती भएमा उनीहरूलाई व्यवस्थापन समितिका व्यक्तिले सजायस्वरूप उचालेर शाली नदीमा नाङ्गै फ्याँक्ने चलन छ। वर्तालुहरू दिनको पाँच अञ्जुलीमात्र पानी पिउँछन्। यताउता गर्दा कसैलाई पनि नछोइ हिड्ने चलन छ। विवाहित महिलाले व्रतअवधिभर आफ्नो श्रीमान्सँग सुत्नु हुदैन।
व्रत बसेको अवस्थामा रजश्वला भएमा ती महिलालाई छुट्टै राख्ने चलन छ। यस्ता महिलाहरू शालीनदीको तल्लो–घाटमा नुहाउछन् र आफूले ओढेका पछ्यौरामा अक्षता राखेर अलग्गै पूजा गर्छन्। शुद्ध भएपछि पुजारीले मन्त्रेको जलशेचनले शुद्ध भएर उनीहरू समूहमा समावेश हुन्छन्।

Comments