शब्द : जनकराज सापकोटा
तस्विर : देवकी विष्ट
पुरानो विकास क्षेत्र अन्तर्गत मध्यमाञ्चलको र अहिले मधेशको, एउटा महत्वपूर्ण जिल्ला हो रौतहट ” तर, यसको महत्व आफ्नै भूगोलसँग जोडिएर स्थापित भएको छैन। गौर बजारसँगै जोडिएको सीमापारीको वैरगनियाँ बजार राणाकालमा नेपाली राजनीतिको केन्द्रविन्दू बनेको थियो। नेपाली कांग्रेसले सन १९५० को सेप्टेम्वर महिनामा वैरगनियाँमा अधिवेशन गरेर नेपालमा राणा विरोधी आन्दोलन अर्थात् सात सालको क्रान्तिको जग हालेको थियो।
…त्यसवेलादेखि अहिलेसम्म वैरगनियाँ पनि उस्तै छ र गौर पनि उस्तै छ, फरक के छ भने पुराना मानिस मरेका छन् र उनीहरूको ठाउँमा नयाँ मानिस आएका छन' विगत तीन दशकदेखि गौर र वैरगनियाँका बीच टाँगा चलाइ रहेका आलम मियाँ बताउँछन्, …यहाँ के हुन्छ र? केही पनि हुँदैन।'
साँंच्चै केही भएको छैन गौरमा र पनि धेरै कुरा भएको छ। धेरै अघि द्रोण शमशेरले यहाँको ठूलो चौरमा हवाइजहाज उतारेका थिए। पहिले त एउटा धेरै ठूलो चामल मिल पनि थियो यहाँ। अहिले त्यो मिलको अस्थिपन्जर मात्र बाँकी छ। मिलको पुनर्स्थापना र पुनर्सञ्चालनका लागि गौरका वुद्धिजीवी र पत्रकारहरू कराएको कराएकै छन्। भएको केही छैन। मिलमा बचेखुचेका फलामलाई कवाडीको रूपमा बेचिइरहेको छ।
राजनीतिक मामिलामा अति संवेदनशील छ रौतहट। यहाँ साम्प्रदायिक दंगा पनि भयो २०२८ सालतिर। हिंसात्मक द्वन्द्वका वेला पनि रौतहट द्वन्द्वको वन्दी बन्यो। देशमा शान्ति प्रक्रिया प्रारम्भ भै सकेपछिको मधेश आन्दोलनका वेला २८ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो यही ठाउँमा। अहिले त्यहाँ रगतका टाटा त देखिदैनन् तर स्थानीयको अनुहारमा अभेद्य पीडा, त्रास र आहत छ। अपराधको राजनीतिमा रौतहटले बाँकी नेपाललाई मात दिएको छ। कुनैबेला काठमाडाँैको रत्नराज्य कलेजको एउटा कोठामा एमालेको रौतहट काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा माधवकुमार नेपालले डाकाहरूको जिल्ला नामकरण गर्नुभएको थियो। सदरमुकाम गौर संधै आतंकित रहेको पाइन्छ। कुनैवेला नेपाली कांग्रसका वरिष्ठ नेता शेख इद्रिशको राम्रो पकड र प्रभाव थियो जिल्लामा। उहाँको निधनपछि पनि उहाँको वर्चस्व मेटिइसकेको छैन। तर, त्यसलाई धान्न सक्ने गतिलो मानिस अहिलेसम्म देखिएको छैन।
महत्वपूर्ण कुरा वर्तमान प्रधानमन्त्री माधवकुमार नेपालको गृह जिल्ला हो रौतहट। गौर बजारमा माधव वावुको पपुल्यारिटी राम्रो छ। उहाले यही जिल्लाबाट चुनाव जित्दै आउनु भएको थियो। संविधानसभाको चुनावमा उहाँले आफ्नो पूर्व परिचित क्षेत्र छाडेर नयाँ क्षेत्र चुन्नुभयो निर्वाचन लड्नका लागि। फलस्वरूप, उहाँका पुराना मतदाता रिसाए, नयाँले पत्याएनन्। उहाँ चुनाव हारेर पनि प्रधानमन्त्री बन्नु भएपछि चार्ही रौतहटवासीका लागि राम रमिताको अवसर आएको छ। उहाँले पनि वेलावखत जिल्ला पुगेर मतदाताहरूलाई सुम्सुम्याउन थाल्नु भएको छ।
जिल्लाका विकासका प्राथमिकताका वारे कोही पनि केही बताउन सक्दैनन्। एउटा मात्र आवश्यकता भए पो प्राथमिकताको कुरा आउँछ। शिक्षादेखि सिटामोलसम्म सबै प्राथमिकतामा परेका छन्। रौतहटका मधेशीहरूको गुनासो छ, सरकार समावेशी छैन। पहडियाहरू चन्द्र निगाहपुर काटेर यता आउनै चाहँदैनन्।
वैरगनियां र गौरको सम्बन्ध अन्योन्याश्रित छ। वैरगनियाँमा भारतीय रेलको स्टेशन नभएको भए गौरको अस्तित्व रहने थिएन। वैरगनियाँमा रेल्वे स्टेशन भएर नै गौर छ। नभए उत्तरतिरबाट त यहाँ उज्यालो छिर्ने सम्भावना नै थिएन। वैरगनियाँ र गौरको बीचमा उभिएर सबैलाई वारपार गराइरहेको छ स्वतन्त्रताको गेटले। वर्षौदेखि सीमा क्षेत्रमा पुलको माग गरिएको छ। पुल निर्माणका लागि पूर्वाधार तयार हुँदैछ, अब पुल बन्ने आशा छ।
सीतामढीबाट महुरीको गोलोजस्तै मान्छेको झुण्ड बोकेर आउने रेलले भारतीय अखवार पनि वैरगनियाँमा तात्तातै ल्याइदिन्छ। वैरगनियाँ सानो बजारमा भारतीय सामानबाहेक छ्यासमिस चिनियाँ सामान पनि देखिन्छन्। यताबाट चारजना अटाएर गएको टाँगामा उताबाट फर्कदाँ चारजना अट्दैनन्। सानातिना व्यापार गर्नेहरू भारतबाट नेपाल भित्रिदाँ मोटाएर आएका हुन्छन्।
रौटहटबाट पनि पत्रपत्रिका प्रकाशन हुने गर्दछन्। एफ.एम. रेडियोहरू पनि प्रशारित छन्। एफ.एम.मा कार्यक्रम र समाचार बाहेक सीतामणिका साडी र कुर्ता सुरूवाल शो रूमको विज्ञापन पनि घन्कने गर्दछन्। विज्ञापनमा नेपाली भाषामै उद्घोषण गरिएको हुन्छ …हिन्दू पवित्र नारी सीताको जन्मभूमि सीतामढीको मुटुमा रहेको ... अग्रवाल साडी पसलमा स्वागत छ।'
सीमामा बसेको सुरक्षाकर्मी आवरणले सुरक्षाकर्मी जस्तो देखिँदैन। उसको जुँगा हेर्दा लाग्छ ऊ भरखर चम्बलघाटीबाट उम्केर आएको डाकु हो। यहीँ भन्सार भएर वर्षेनी करोडाँैको गाँजाको व्यापार हुन्छ। तर, भन्सार गस्तीमा रहेका पुलिसहरूलाई यो कुराको जानकारी छैन। कसैले जाहेरी दिए पो जानकारी होस् ” रौतहटमा स्थानीय एफ.एम हरूको जगजगी बढेको छ। एफ.एम.का एन्टेनाहरू दक्षिण ढल्किएका छन्। उत्तरतिरकासँग त सरोकारै छैन कुनै स्थानीय एफ.एम.को। विज्ञापन दक्षिणबाट आउँछ भने एन्टेना किन उत्तर ढल्काउने?

Comments
Post a Comment
Thank you for watch.