शव्द/फोटो देबकी बिष्ट
नेपालको सांस्कृतिक जीवनमा माघे–संक्रान्तिको महत्व र महिमा एउटा जातिविशेषमा मात्र सीमित छैन, काठमाडौँ उपत्यकाका बाहुन र खसहरूले मध्य–जाडोमा ध्यू, चाक,ु तिरौली र तरुल खाएर उग्राउन यहाँका नेवार समुदायबाट सिकेको हुनुपर्दछ। पहाडका बाहुन र खसहरू तिलको ल•ु र खसीको मासुमा रमाउँछन्। कृषिप्रधान–देशका कृषकहरूका लागि दशैँपछि खसीको मासु खाएर स्वाद फेर्ने अवसर माघे–संक्रान्तिले प्रदान गर्दछ।
तर, नेपालका खास भूमि–पुत्रका रूपमा परिचित आदिवासी थारुहरूका लागि माघे–संक्रान्तिको अलग र मौलिक महत्व छ। थारु–समुदायको जीवनमा माघे–संक्रान्ति राम्रो लगाउने, मीठो खाने र रमाउने अवसरमात्र नभएर नयाँ वर्ष र नयाँ जीवनको प्रारम्भ हो। यही अवसरमा थारु समुदाय बितेको वर्षको सफलता र असफलताहरूको मूल्याङ्कन गर्दै आफ्नो समूहका लागि स्थानीय–तहमा सरकारको चयन गर्दछ। वडघर भनिने यस्ता स्थानीय र सामूहिक आधारमा निर्वाचित सरकारहरूले समाजलाई नियमित र व्यवस्थित बनाउन ठूलो योगदान पुर्याइरहेका हुन्छन्।
थारुसमुदायका सदस्यहरू जो जहाँसुकै रहे पनि माघीका अवसरमा माघी मान्न घर–परिवारमा पुगेकै हुन्छन्। कञ्चनपुरका सामाजिक कार्यकर्ता फुलमान चौधरी नेपालगञ्जमा कार्यरत छन्। तर, उनी आफ्नो घर महेन्द्रनगर फर्किइसकेका छन्। माघीका बारेमा यी परिवर्तनवादी तन्नेरी थारुको विचार छ – …माघी हाम्रो आफ्नै संस्कृति हो। यो सँग केही गलत कुराहरू पनि जोडिएका हुनसक्दछन्। तर, ती विकारहरूबाट यो सांस्कृतिक पर्वलाई मुक्त राखेर हामीले उत्साहका साथ मनाउनुपर्दछ माघी। किनभने यो हाम्रो चाडमात्र नभएर स्वतन्त्र पहिचान हो।'
कञ्चनपुर सुडाका सञ्जीव डगौराले यस–पटकको माघी विद्यालयमा सांस्कृतिक कार्यक्रम आयोजना गरेर मनाउँदै छन्। उनलाई माघी लागिसकेको छ। उनी हाँस्दै आफ्नो पुर्ख्यौली गीत गाउँदै थिए– सखी ये हो माघको पिली गुरी गुरी जाड
थारु समुदाय सङ्गीतप्रेमी समुदाय हो। यो दुखमा होस् वा सुखमा, सधैँ मौन रहन्छ र आफनो काममा जुटिरहन्छ। तर, काम सकिएपछि परम्परागत वाद्ययन्त्रहरू बजाउँदै आफ्नो खुशी र विरहलाई एकनासले आफ्नै पारामा सस्वर अभिव्यक्ति दिइरहेको हुन्छ। थारु समुदायको गीत र सङ्गीतमा पूरै जीवनका आरोह र अवरोहहरूको तस्वीर प्रस्तुत गरिएको हुन्छ। महाभारत र रामायणकै कथापरम्परामा थारुहरू आफ्ना सुख र विरहहरू गीत र काव्यमा गाएर पूरै रात कटाइदिन सक्दछन्। हास्यको पनि अद्भूत भूमिका रहेको हुन्छ थारु जीवनमा। उनीहरू आफैसँग रमाउन र आफैँलाई व्यङ्ग्य गर्न खप्पिस हुन्छन्।
माघ १ गतेको अघिल्लो दिन गाँउका सबैजना गाँउका लागि नयाँ मुखिया (भलमन्सा/बडघर) को घरमा जम्मा हुन्छन्। त्यहाँ सामूहिक रूपमा सँुगुर काटिन्छ। त्यसै रातदेखि परम्परागत रूपमा माघीका लागि विभिन्न परिकारहरू बनाइन्छन्। ढिकरी– यो विशेष परिकार माघीको प्रसादको रूपमा बनाइन्छ। थारुसमुदायमा लोकप्रिय माघीको विशेष परिकार हो –सँुगुरको मासु र अनदीको जाँड। संक्रान्तिका दिन काठातिना (बँगुरको मासुमा मुला मिसाएर तयार पारिएको विशेष परिकार ) बनाई खाने चलन छ।
माघीको आफ्नै धार्मिक महत्व छ। माघीका दिन बिहानै थारु पुरुष र महिलाहरू नजिकको नदी, कुवा वा पोखरीमा गई सामूहिक रूपमा नुहाउने गर्दछन्। माघीको दिन रगत नहेर्ने थारुको चलन हुन्छ। त्यस दिन थारुहरू मार हान्दैनन्। नुहाएर आएपछि आफ्ना मान्यजनबाट आशीर्वाद लिने तथा इष्टमित्रसँग भेटघाट गरी नाचगान गर्ने गरिन्छ। आफ्ना चेलीबेटीहरूलाई घरमा बोलाई खाना खुवाउने चलन छ।
माघीको दोस्रो दिन गाँउका सबै मान्यजन बडघरको घरमा भेला भई नयाँ बडघर छनौट गर्दछन्। त्यसै दिन एक–वर्षका लागि आफ्नो घरको घरमूली पनि चुन्ने गरिन्छ। यसरी चुनिएको बडघर गाँउको मुखिया हुन्छ। गाँउमा झगडा वा विवाद आउनै नदिने, आए समस्यासमाधान गर्ने मुख्य भूमिका हुन्छ बडघरको। यसबाहेक, गाउँको विकास–निर्माणका कामजस्तो बाटो, कुलो, पानी–पँधेरोको निर्माणमा पनि बडघरको भूमिका प्रमुख हुन्छ। कमैयाप्रथा जारी रहेका समयमा माघीदेखि नयाँ कमैया राख्ने अथवा नयाँ जमिन्दार कहाँ काम गर्न जाने व्यक्ति खटाउने काम हुन्थ्यो। अहिले कमैया–कमलरी मुक्ति अभियान चलेदेखि नयाँ जमिन्दार कहाँ काम गर्न जाने प्रथा हटेको छ। अहिले कही काममा कम्लरी राखिए पनि उनीहरूलाई मुक्त गराएर शिक्षित तुल्याउन अभियान चलेको छ।
थारुसमुदायको रहनसहन, भेषभूषा निकै रोचक छ। परापूर्वकालदेखिका गहना र भेषभूषाको चलन हट्दै गएको छ। गरिबीका कारणले कतिपयले त चाँदीका गहना विदेशीसँग बेचेर पनि जीवन धानेका छन्। तरुनी–वरुनीले लाजका कारण लहङ्गा लगाउँदैनन्।
नेपालमा राजनीतिक परिवर्तनको पक्षमा छाती तन्काएर उभिएका थारुसमुदायले लोकतन्त्रका मूल्य र मान्यताप्रति जनताको सर्वोच्च आस्थाको सधँै जगेर्ना गरेका छन्। उनीहरू स्वयम् परम्पराको अँध्यारोबाट उन्मुक्ति लिएर आधुनिक परिवेशमा रम्न थालेका छन्। योक्रममा केही पुराना चालचलन र रहनसहन हराउँदै जानथालेका छन्। यसले अलिकति चिन्ता पनि जगाएको छ। थारुसमाजमा कि कतै परिचय नै सङ्कटमा पर्ने त होइन? मीनादेवी डगौरा भन्छिन्,–…पहिला आफ्ना चेलीबेटी सबै एकजूट भई भलाकुसारी गर्थे, भलमन्सा चुन्ने काम भए पनि सबैले बडघरले भनेको मान्थे। तर, अहिले अनुशासन घटेको छ। शायद औरक संस्कृतिको प्रभाव हो। अहिले आएर सबै कुरा बिसिँदै गएका हुन् कि?'
Comments
Post a Comment
Thank you for watch.