नमोःबुद्ध : बिगिँदै जान लागेको शान्तिको प्रतीक



शव्दः– शिशिर वैद्य/फोटो देबकी बिष्ट
राजधानी नजिकको पहाडी वस्ती धुलिखेलको पर्यटनसँग बलियो नाता छ नमोःबुद्धको। नमोःवुध्द धुलिखेलका रिसोर्टहरूको प्याकेजमा आफ्ना पाहुनालाई …डे वाक' गराउने सेड्युलभित्र पर्दछ। काभ्रेको पनौती र धुलिखेल दुबै तिरबाट सहज पुग्न सकिने यो बौद्ध तीर्थको धार्मिक र पर्यटकीय महत्व दिनदिनै बढ्दै गएको छ। वनभोज गर्नेको भीड लाग्ने यस स्थानमा विशेषगरी शनिवार र मंगलवार तिब्बती मूलका धर्मावलम्बीहरू बत्ती बाल्न जाने गर्दछन्। …मनको शान्तिका लागि बुद्धको शरण उपयुक्त उपाय हो' योे भनाइलाई प्रत्यक्ष अनुभव गर्न सकिन्छ यहाँ।
धुलिखेलबाट वी.पी राजमार्ग आठ किलोमिटर हिँडेपछि काभ्रे भञ्ज्याङ्गबाट शुरू हुने कच्ची सडक पार गर्दै सिमल चौर श्यामपाटी गाविसमा पर्ने यस क्षेत्रसम्म पुग्न गाडीमा झण्डै तीस मिनेट लाग्दछ। साँघुरो बाटो त्यसमाथि ढुंगे सडक शरीरलाई थकित तुल्याउन अरू के चाहिन्छ र? तर डाँडाको टुप्पामा रहेको बौद्ध स्तुपमा पुग्दा चिसो हावासँगै सबै थकानहरू हराउँछन्। यहाँबाट देखिने सुन्दर दृश्यहरू समयको सीमामा बाँधिएका छैनन्। हिमाली शृङ्खला हेर्न मनपराउनेहरूका लागि राजधानी नजिकको उपयुक्त स्थान हो धुलिखेल। नमोः बुद्ध रहेको उच्च डाँडाबाट देखिने हिम शृङ्खलालाई धुलिखेल पर्यटनका लागि आम्दानीको राम्रो स्रोत मान्न सकिन्छ।
नमोः बुद्ध क्ष्ँेत्रको विकासका लागि सरकारले खासै ध्यान पुर्‍याएको छैन। यहाँ नमोः बुद्धको मौलिकतालाई समाप्त गर्नेगरी धेरै निर्माण कार्यहरू भएका छन्। मूल स्तुपलाई ओझेलमा पार्दै विभिन्न संरचनाहरू बनिरहेका छन्। तर, केन्द्र वा स्थानीय दुवै तहका सरकारहरूको ध्यान पुगेको छैन यसमा। धर्ममा हस्तक्षेप गरेको लान्छना पनि लाग्न सक्दछ। त्यसैले पनि सरकार अचेल बढी नै सतर्क हुने गरेको छ। कर्तव्य वोध विनाको यो सतकर्ताले भलो कसैको गरेको छैन।
पौराणिक महत्वको स्तुप र पाटीको लथालिङ्ग अवस्थालाई हेर्दा नमोः बुद्ध एउटा महान मन्दिर नभएर सानो र संकीर्ण स्तुपामा परिणत हुने डर बढेको छ। संरक्षणको अभावमा अतिक्रमण बढ्दो छ। बौद्ध गुम्बाहरूले काठमाडौँ वरपरका डाँडाहरूमा आङ्खनो उपस्थिति बाक्लो पार्दै लगेको वेला नमोः बुद्ध उपेक्षाको शिकार बन्नुपर्ने थिएन। तर उपेक्षाको यो क्रमले काभे्र नमोः बुद्धलाई छोपिसकेको छ।
एकातिर नमोःबुद्ध स्तुपको अवस्था जीर्ण छ भने अर्कोतिर नमोःबुद्धकै उपासनाका नाममा डाँडाको चारैतिर अत्याधुनिक र आलिशान घ्याङ्ग र गुम्बाको निर्माण तीब्र गतिमा भइरहेको छ। यहाँ अहिले पाँचवटा तयारी गुम्वा छन् भने एउटा गुम्बा निर्माणाधिन रहेको छ। तिब्बती गुम्बाहरू निकै सुन्दर र भव्य छन्। कसरी बने त यी घ्याङ्ग र गुम्बा? प्रश्न आफ्नो ठाउँमा अनुत्तरित नै छ। तर यी सुन्दर गुम्बाहरूको निर्माण गर्नेहरूले नमोःबुद्धको मौलिक संरचनाको जगेर्नामा ध्यान दिए सुनमा सुगन्ध हुने थियो।
गुम्बा वरपरको सफाइ र व्यवस्थापनमा निकै ध्यान पुर्‍याएका रहेछन् धर्म गुरूहरूले। गुम्बा संचालकहरूले नै यहाँ एउटा आवासीय स्कुल पनि चलाएका छन्। जहाँ तिब्बती लगायत सबै विषयको पढाइ हुने गरेको छ। स्कुलका विद्यार्थीका लागि व्यवस्थित आवास गृह रहेको छ। गुम्बा क्षेत्रभन्दा अलि पछाडि रहेको एउटा ठूलो बुद्धको मूर्तिले सबैको ध्यान केन्द्रित गर्दछ। स्थानीय प्रेम लामाका अनुसार यहाँ थुप्रै …क्वीरेहरू' घुम्न आउँछन्। घुम्न आउनेमा विशेषगरी जापानी, कोरियन, अमेरिकन रहेको लामाले बताए। केही ध्यान बस्न पनि आउँछन्।
…तन्नेरी उमेरका केटाकेटीहरू पनि आउँछन् तर उनीहरू कुनातिरै बस्न रमाउँछन्' लामा बताउँदै थिए रमाइलो पारामा। यहाँ एकान्त छ त्यही भएर प्रेमीहरूका लागि पनि पर्फेक्ट छ यो ठाउँ।
भगवान बुद्धको पूर्व जन्मसँग जोडिएको यस तीर्थको आङ्खनै कथा छ। शिकार खेल्न आङ्खना दाजुभाइसँग जंगल पसेका राजकुमारले एक अशक्त र भोकाएकी बघिनी र त्यसका सन्तानलाई उद्दार गर्न आङ्खनै शरीरको मासु काटेर बघिनीलाई खुवाएको कथा बौद्ध धर्मका ग्रन्थहरूमा रहेको छ। संस्कृतिविद् हरिराम जोशीका अनुसार यो नमोःबुद्धको स्थानीयता विवादास्पद छ। तर, बुद्धप्रतिको आस्थामा कुनै विवाद छैन। नमोःबुद्धका यस्तै रूपहरू भारतको उत्तर पश्चिम पञ्जाव र अफगानिस्तानको बीचमा पनि भेटिएका छन्। ती सबै जहाँ भए पनि शान्ति र अहिंसाका प्रतीक हुन्।




Justify Full

Comments