आर्मीले एम.डी.नचिन्दा...

देवकी बिष्ट
२०६० सालमा जिल्ला विकास समितिको सहयोगमा ऋषिराज लुम्साली र बलबहादुर डगौराले उपग्रह रेडियो कार्यक्रम उत्पादन तथा प्रशोधनको तालिमका लागि काठमाडाँैबाट पवनप्रकाश उप्रेती र गोपाल गुरागाईंलाई महेन्द्रनगर बोलाउनुभयो। उहाँहरूले उपग्रह रेडियोको लागि गरिने रिर्पोटिङ, सम्पादनबारे सिकाउनुभयो। उपग्रह रेडियो नेपालमा इक्वायल एक्सिस र कम्युनिकेशन कर्नरको सहयोगमा अष्ट्रेलियाबाट प्रसारण हुनेगर्दथ्यो। तालिम लिनेहरू शुरुमा २०/२५ जना थियौँ, तर अन्त्यमा ५/६ जना मात्र रह्याँै। सो तालिम लिएपछि रेडियोमा बोल्ने हुटहुटी चल्नथाल्यो र स्थानीय विकास मञ्चको पहलमा २०६१ सालबाट सुदूरपश्चिममा पहिलो स्याटलाइट रेडियो खोलियो ग्रामीण पत्रकारितासँगै।

रेडियो पत्रकारिताप्रतिको मेरो एकोहोरो नशाले घरमा आमाबुवालाई चिन्तामा पार्नथाल्यो। बुबा सरकारी जागिरमा अनि छोरी पत्रकारिताको खोजीमा। समय थियो द्वन्द्वको। म हरेक दिन घरमा अबेर पुग्थेँ। मलाई बाबाले सधैँँभन्नुहुन्छ–…आफूले सबै काम सिक्नुपर्छ। सिकेको सीप खेर जाँदैन।'

मैले यसरी स्वतन्त्रतापूर्वक काम गर्दा गाँउलेका आँखा दुख्न थालिसकेका थिए। तत्कालीन अवस्थामा सरकार र माओवादीबीचको द्वन्द्वमा शहरबाट गाँउ–केन्द्रित हुनथालेको थियो। हाम्रँे पत्रकारिता अभियान पनि गाँउगाँउमा पुग्दै थियो। यही शिलशिलामा सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुलामा उपग्रह रेडियो र ब्याट्री …सौका समुदाय' वितरण गर्न मैले जानुपर्ने भयो। त्यो कामका साथै मैले ग्रामीण जनताको स्वास्थ्य, शिक्षा र द्वन्द्व–पीडितबारे रिर्पोटिङ पनि गर्नुपर्ने थियो। दार्चुला जानको लागि भारत भएर जानुको विकल्प थिएन। आफूमा आत्मविश्वास भए पनि अरुले मलाई यो काम गर्न सक्दिन भनेर प्रश्न र शङ्का गरेका थिए।

मैले सिडियो कार्यालय गएर चिठ्ठी बनाएँ र भारतीय कस्टममा देखाएर म धार्चुला (दार्चुलापारिपट्टिको भारतीय क्ष्ँेत्र) पुगँे। धार्चुलाको भारतीय कस्टमको हाकिमले मलाई उसैको भाषामा सोध्यो,–…तुम्हारे वहाँ तो माओवादी है, तुम क्या ले जा–रही हो ए लड्की?' मैले सबैकुरा बताएँ र बिदा भएर नेपाल प्रवेश गरेँ। …सौका समुदाय' रेडियो दिएपछि म आफ्नो काममा लागँे।

म गाँउ–गाँउमा गएर रिर्पोटिङ गर्थें। गाउँमा बालबच्चा र बुढाबुढीबाहेक युवा–पुस्ताका मानिस भेटिँदैनथे। नौलो मान्छे देख्यो कि सबै भाग्थे। माओवादीको शङ्का गरेर कोही पनि नजिक पर्दैनथे। अरुको के कुरा गर्नु माध्यमिक विद्यालयका हेडसरहरूसमेत भाग्थे। कसैसँग कुरा गर्न नपाइने अनि सत्यतथ्य कुरा पाउनै असाध्यै कठिन।

मलाई एक्लै त्यसरी पहाडमा जाँदा …ओ हो एक्लै यसरी छोरी भएर घुम्न अँएको, डर लाग्दैन ' भनेर आश्चर्य–प्रकट गर्दथे बोल्नेहरू पनि। मसँग भएको आवाज रेकर्डिङ गर्ने एम.डी. धेरै चिसोले गर्दा काम गर्न छाड्यो र ब्याट्री पनि सिद्धियो। दिक्क लागेर म आर्मी–ब्यारेकको नजिकै मन्दिरको पिँढीमा बसेर एम.डी चलाउदै थिएँ। त्यही बेला ब्यारेकबाट एक जना सुबेदार आए र मसँग सोधपुछ गर्नथाले। सबै कुरा बताए पनि मेरो हातको एम.डी.देखि उनको मन सन्तुष्ट भएन। उनले मेरोपछाडि दुई दिनसम्म सुराकी नै छोडेछन्। मलाई दार्चुलाको महिला विकासमा बोलाइएको थियो। महिला विकास र आर्मी ब्यारेक ४/५ मिटरको फरकमा रहेका छन्। महिला विकासमा पनि उपग्रह रेडियो थियो जसको रेडियो फ्रिक्वेन्सी र एन्टेनाको डाइरेक्सन नमिलेकाले रेडियोमा समस्या उत्पन्न भएको थियो। मैले सो समस्याको समाधान गरेपछि आफ्नो रिर्पोटिङका लागि महिलाहरूसँग संवाद गर्दै थिए। त्यसै बेला आर्मी–ब्यारेकबाट एकजना जमदार आएर र मलाई ब्यारेकमा जान भने। ती जमदार महेन्द्रनगरकै रहेछन्। उनलाई मैले सबै कुरा बेलिबिस्तार लगाउँदा पनि मलाई ब्यारेकमा जानै पर्छ मेजरसापको आदेश भन्न थाले। नबिराउनु, नडराउनु भन्दै म पनि ब्यारेकमा गएँ।

मलाई ती जमदारले ब्यारेकमा लगेपछि म बसेको घरका महिलाहरूको सातोपुत्लो उडेछ। मेजरसँग मेरो डेड–घण्टा कुरा चल्यो। पछि थाहा भयो आर्मीका मान्छेले मसँग भएको एम.डी. नचिनेर बढी शङ्का गरेका रहेछन्। पछि मेजरले सबै कुरा बुझे र उनले एम.डी. पनि चिने। अन्तमा मेजरसापले भने,–…माइन्ड नगर्नुहोला समय पनि यस्तो छ सोध्नैपर्छ नयाँ मान्छे देखेमा। त्यसमाथि तपाईंसँग आधुनिक सञ्चार–सामग्री पनि रहेछ। त्यो उपग्रह रिसिभरले हाम्रँे वाकीटकीको कुरा पनि रिसिभ गरिरहेको छ। त्यही भएर पनि हामीले तपार्इंलाई यसरी बोलाउनुपर्‍यो।' उनले फेरि दार्चुला आँउदा हामीलँई सम्झनुहोला, हामीलँई सूचना गर्नुहोला भन्दै थिए, तर मैले जतिपटक दार्चुला गए पनि मेजरसापलाई खबर गरिन् र गर्न आवश्यक पनि सोचिन।

Comments