देवकी विष्ट  शहरमा आफ्नो शरीर सुम्पिएर धेरैलाई सन्तुष्ट पार्नेहरू आफै“ असन्तुष्ट छन्। उनीहरूभित्रको वेदना, बाध्यता र पीडालाई कसैलाई बुझ्ने प्रयास गरेको देखि“दैन। भक्तपुरकी शिला (परिवर्तित नाम)को कक्षा १० मा पढ्दापढ्दै कीर्तिपुर विवाह भयो। विवाहपछि शिलाले छारी जन्माइन्। तर, दुभार्ग्य विवाह गरेको दुई वर्षमै उनका श्रीमान्को मृत्यु भयो।
 श्रीमान्को मृत्युपछि दुःखका दिन शुरू भए। घरपविारबाट छुट्टै बसेर उनी छोरीको लालनपालनतिर लागिन्। उनीसँग आयश्रोतको कुनै बाटो थिएन। बेरोजगार सहँदै गरेकी शिलालाई एउटी महिलाले होटलमा काम खोजिदिइन्। तर, उनले गर्ने काम भने उनले सोचेभन्दा फरक रहेछ। उनी भन्छिन्, …आउने ग्राहकहरूलाई आफ्नो शरीर सुम्पेर खुशी पार्नुपर्ने रहेछ। के गर्नु? पैसा चाहिएको थियो, छोरी पाल्नुपर्ने, घरभाडा तिर्नुपर्ने, शुरुमा मैले मनले नमानी–नमानी रूँदै त्यो काम गरे।'
 उनले काठमाडौँका प्रतिष्ठित भनाउँदा कलाकार, व्यापारी, तथा राजनीतिक नेताहरूलाई कैयौं रात झुलाएकी छिन्। अर्काको सम्पर्कबाट काम गर्दा कमिसनमात्र पाइने हुनाले उनी आफैँ ग्राहकसँग मोलतोल गर्नथालिन् र राम्रै पैसा कमाइन् पनि। हाल उनी एउटा गैरसरकारी संस्था खोलेर यौनकर्मीहरूलाई संगठित गर्ने काम गरिरहेकी छिन्। उनी भन्छिन्, …मेरो काम र अफिसका क्रियाकलापका बारेमा घरबेटीले पनि सुइँको पाइको छैन।'
 सिन्धुलीकी प्रिती चौधरी (परिवर्तित नाम) ४ छोरी र २ छोराकी आमा हुन्। उनले काठमाडौँ शहरमा यौनपेशा अँगालेको २५ वर्ष भइसक्यो। रत्नपार्कको बगैँचालाई यौनकर्मी महिलाको फूलबारी भनिन्छ र प्रिती आफूलाई उक्त फूलबारीकी रानी भन्छिन्। पचास वर्षको उमेरमा पनि उनी फूलबारीकी रानी बनेको श्रीमान्ले थाहा नपाएको बताउँछिन्। उमेर ढल्किए पनि एक रातमा ५ जनालाई तृप्त बनाउसक्ने क्षमता आफूसँग भएको उनको दाबी छ।
 प्रिती सुन्धारा, फूलबारी चोक र वीर हस्पिटलवरिपरी रहेका यौनकर्मी महिलाहरूलाई कन्डम वितरण गर्छिन्। उनलाई वाइसिएलले पक्रिएर कारबाही गरेको छ, प्रहरीको फन्दामा कैयौंचोटि परेकी छिन्।
 उनी भन्छिन्, …महलमा बस्ने धनाढ्य महिलाले गरेकोचाहिँ धन्दा नहुने, हामी गरिबले गर्दा मात्र धन्दा हुने? काठमाडौँका ठेकेदारहरू अर्काकी श्रीमतीसँग रात बिताउँछन् र फुटपाथकी यौनकर्मी महिलालाई रन्डी भन्छन्।'
 गौशाला, सिफल, रातोपुलक्ष्ँेत्रमा कलेज पढिरहेका केटीहरूदेखि मोडल कलाकारहरूसमेत यौनकर्मी महिला भएको शिला बताउँछिन्।
 भारतको सिलगुडीबाट नेपाल आएकी सृष्टि सुनधाराको एक रेष्टुरेन्टमा नाच्ने काम गर्छिन्। रेष्टुरेन्टमा नाचिसकेपछि उनी आधारातमा ग्राहकसँग होटल र कोठातिर लाग्छिन् र पैसा कमाउने मुख्य काम यौनपेशा थाल्छिन्। उनका श्रीमान् त्यो बारमा जान्छन् रक्सी पिउछन् र उनले कमाएको पैसा लिएर त्यहाँबाट अन्तै जान्छन्। सृष्टीको घरमा पाका उमेरका सासू/ ससुरा छन्, तर उनको पेशाका बारेमा न त श्रीमान्लाई थाहा छ न त सासूससुरालाई नै।
 २७ वर्षीय रिता आफू फ्रिलाइन्सर यौनकर्मी रहेको बताउँछिन्। बिन्दास रिता माथिल्लो तहका व्यक्ति र विदेशीलाई शरीर सुम्पन रुचाउँछिन्। मुडअनुसार पैसा असुल्ने उनको बानी छ।  उनी एच.आइ.भी. एड्सलाई वेप्रवाह ठान्दै भन्छिन्, …के को डर? ग्राहकले कन्डम प्रयोग गरुन् कि नगरुन् मलाई मतलब छैन।'
 काठमाडौँको यौनबजारमा सधैँ विजय प्राप्त गर्दै आएकी छन् विजयाले। उनकी छोरी स्टाफ नर्स, छोरा प्लस टू अध्ययनरत, श्रीमान् बितेको धेरै भइसक्यो। उनी स्कुटीमा गुड्छिन्। यौन–व्यापारमा सम्बन्धित महिलाको हकहितका लागि दौड्छिन्। उनको वाक्पटुतासँग प्रहरी–प्रशासनको पनि केही चल्दैन। उनको पेशा र कार्यालयको गतिविधिका बारेमा कसैलाई पनि थाहा छैन। विजयाले अहिले आफूसँग नयाँ श्रीमान् पनि राखेकी छिन्, तर उनका छोरा–छोरीलँई यसबारेमा केही थाहा छैन। 
प्रितीको कथा
 म सोझी किशोरी गाउँमै साहुकोमा ज्यामी काम गर्थेँ। म १६ वर्षकै उमेरमा साहुनीको भाइले २० रूपैयाँको लोभ देखाएर मलाई बलत्कार गर्‍यो।
 पछि मेरोे विवाह भयो र २४ वर्षकी हुदाँ मैले ६ जना छोराछोरी जन्माए। दुईवटी छोरी काठमाडौँको बालाजुमा धागो कात्ने उद्योगमा काम गर्थे। म छोरी भेट्न काठमाडौँ आएँ। गाउँमा चरम गरिबी भोगेकीले मैले काठमाडौँ अँएपछि यहीँ काम गर्ने विचार गरेँ। तर, काम पाएनै सकिएन।
 एक दिन दिदी पर्ने सरितासँग भेट भयो। सरिताले काम लगाइदिन्छु भनी ठमेलको एउटा ठूलो घरमा लगिन् र चिया बनाउन लगाइन्। म चिया लिएर आउँदा सरिता दिदी त्यहाँ थिइनन्। त्यो घरबेटीले ढोका लगाएर मलाई जबर्जस्ती गर्‍यो। मसँग अरु विकल्प थिएन। त्यो मान्छेको घरमा म २ महिना जति बसँे। सबै पैसा सरिता दिदीले नै लिन्थिन् र मलाई दैनिक १०० रूपैयाँ दिन्थिन्। पछि गएर मलाई पनि लोभ लाग्यो, आफैँ स्वतन्त्रतापूवर्क धन्दा चलाउन थालेँ। आफैँले गर्दा एक रातको ५०० रूपैया लिन्थेँ। त्यसपछि म बागबजार सुन्धारामा होटलको तल चिया बेच्ने र अँएका ग्रहाकसँग राती–राती होटलमा जान थालेँ।
 ग्राहकले राम्री–राम्री कलेजमा पढ्ने केटी भएमा दशदेखि १५ हजार रूपैयाँसम्म दिन्थे। अझ पनि मलाई …सेक्स गर्न आऊ' भनी धेरै फोन आउँछ। तर, अहिले सबैसँग जान मन लाग्दैन। मेरो लोग्ने गाउँमै छ। मेरो पेशाका बारेमा न त लोग्नेलाई थाहा छ, न मेरा छोराछोरीलाई नै। गाउँमा वैधानिक लोग्ने एउटै भए पनि शहरमा मेरा मेरो ब्यायफ्रेन्ड धेरै छन्।
    

Comments

  1. really a good job...... ramro 6, how I explain it - problem of Nepali women or the problem of Poverty... any way - a great job..
    If we can do a little bit about the education and the economic status of women, then it will reduce gradually...

    ReplyDelete
  2. thanks for comment Suraj ji, these types of women situation are too tackle.

    ReplyDelete
  3. nanu very nice keep it up always la

    ReplyDelete

Post a Comment

Thank you for watch.