सडकपेटीमा छरिएका सपना



देबकी बिष्ट
काठमाडौँ — सडका–पेटीमा खुल्ला आकाशलाई सिरक र धर्तीलाई ओछ्यान बनाएर कुकुरसँगै सुतेका बालबालिका कुँडुलो। बिहान छिप्पिँदै जाँदा लाग्ने घामको तापमा कोही कोल्टो फेरेर रातभरको जाडोमा कक्रिएको जिउ सोझ्याउँछन् भने कोही फोहोरको थुप्रोमा प्लाष्टिक बटुल्न थाल्छन्। छेउछाउमा कसैले फ््याकेको चुरोटको ठुटो भेटे एकदुई सर्को तानेर जाडो भगाउने पनि गर्छन् बालबालिका। कोही बालबालिका समूहमा बसेर दूधका खाली प्लाष्टिकका पोकामा डेनड्राइट (जुत्ता आदि टाँस्न प्रयोग गरिने सोलुसन) सुँघ्दै नशाको कुलतमा लागेका हुन्छन्।
यो कुनै फिल्म अथवा डकुमेन्ट्रीको दृश्यात्मक वर्णन होइन। यो त काठमाडौँ उपत्यकाका सडक बालबालिकाको यथाथ चित्रण हो, जो दैनिक नयाँसडक, बागबजार, पुतलीसडक र ठमेल क्षेत्रमा देख्न सकिन्छ। काठमाडौँमा बिहानको झिसमिसेमा …मर्निङ वाक' र रामदेवको योगमा लाग्नेहरू मात्र मान्छे होइनन् कुकुरसँगै सुतेर रात बिताउनेहरू पनि मान्छे नै हुन् ती पनि बालबालिका।
सागर नेपाल र रमेश नेपाल धनकुटाबाट आएका दाजुभाइ हुन्। न्यूरोडको फोहोरनजिकै आगो ताप्दै गरेका उनीहरू  दाजुले घरमा पिट्ने हुनाले भागेर काठमाडौँ अँएको बताँउछन्। …यहाँ केही हुन्न, कसैले पिट्दैन, तर राति सुतेका बेला ठूला केटाहरू अँएर कहिलेकाहीँ पिट्छन्। हेर्नु न राति सुतेको बेला मेरो खुट्टा पोलिदिए।' उनीहरूलाई पोलेको ठाउँमा लगाउने औषधि चाहिएको थियो। एकजना विदेशीले उनीहरूलाई सय रूपैयाँ दिए। उनीहरूले उक्त पैसा बालबचाउ केन्द्रमा श्याम सरलाई जम्मा गर्न दिने रहेछन्।

राजु अधिकारी १० वर्षका भए। उनी हेटांैडाबाट भागेर काठमाडौँ आएको तीन वर्ष भयो। दिनभर चुरोट, डेनड्राइटसँग सडक पेटीमा यताउता गर्ने उनी रात परेपछि आमा, दिदी र घर सम्झेर रुने गरेको बताउँछन्। उनीजस्तै सन्दिप आचार्य, राजेश, रोनी तिमिल्सना पनि गाँउबाट भागेर शहर आएका हुन्।
…तपार्इं त हाम्रँे फोटो खिचेर विदेशीलाई बेच्नुहुन्छ, पैसा कमाउनुहुन्छ, खिच्न नदेओ केटा हो' भन्दै प्रदीप मुख छोप्न थाले। सन्दिप आचार्यको आँखामा निलो डाम बसेको थियो। उनी जन्मेको ६ महिनामै आमा पोइला गएको र उनी हजुरआमासँग हुर्किएका रे। रक्स्याहा बाबुले दोस्रो बिहे गरेपछि सौतेनी आमाको पिटाइबाट उनी काठमाडौँ भागेको बताउँछन्।
१३ वर्षीय सन्दीप पहिले बुटवलको होटेलमा काम गर्थे रे। त्यहाँबाट पाँच सय रूपैयाँ कमाएर साथीहरूसँग काठमाडौँ आएका हुन्। साथीहरूले उनलाई …गुडिया' खान सिकाए। अहिले सन्दिप गुडियाको नशामा रमाउँछन्।  उनको घर पाल्पा रम्भादेवी स्कुलनजिक हो।
यी १०/१२ वर्षे बालकहरूसँग कुरा गरिरहेकी थिएँ। १५/१६ वर्षका एक हुल केटाहरू आएर पैसा निकाल भन्नथाले। अनुहार कालोनिलो बनाउँदै उनीहरूले पैसा छैन भन्दै अनुहार निन्याउरो बनाए। सडकमा पनि ठूलाको शान सानामाथि नै हुँदो रहेछ।
हप्कीदप्की गर्नेमध्ये एक थिए राजेश। लामो केश, घाँटीमा माला, कम्मरभन्दा मुनि पाइन्ट लगाएका राजेश जिस्किँदै मन्दिरको सिँढीमा गएर भन्नथाले, …ए जुली ५ सय रूपैयाँ ल्यान।' राजेश राम्रो फोटो खिचाउन चाहन्छन्। उनी आफ्नी प्रेमिकालाई फोटो उपहार दिने मुडमा छन्, तर उनीसँग फोटो छैन। कुनै फोटोग्राफर अथवा स्टुडियोले उनको फोटो खिच्न मान्दैन। राजेशको वरिपरी भेला भएका अरु केटाहरू भन्दै थिए, …यसले आफ्नो हात चिरेर उसको गल्फ्रेन्डलाई सिन्दुर हालेको छ।' राजेश पनि लजाउँदै भन्छ, …मेरी सीतालाई म राम्रो फोटो दिन चाहन्छु।'

सडक बालबालिकाहरूलाई चुरोट र डेनड्राइट नराम्रो हो भन्ने थाहा छ, तर उनीहरू यी कुरा छोड्न पनि सक्दैनन्। कोही हिरो बन्ने सपना देख्छन् त कोही डाक्टर बनेर रोगीको उपचारमा रमाउन चाहन्छन्। कोही आफूले रोजेकी प्रेमिका बिहे गरेर घरजम गर्ने सपना कोर्छन् भने कोही इज्जत र शानको जीवन जिउन।



Comments