प्रहरी र न्यायकर्मीको दाँतमा हाडेढुङ्गा


नेपालको विशेषगरि पूर्वितराई र ग्रामिण क्षेत्रमा दाइजो नदिएको झोँकमा
महिलालाई जीउँदै जालाइने गरेका घटना त हामीले धेरै सुन्दै, देख्दै आएका
छौ । दाइजोकै विषयलाई लिएर त्यस्तै एक निर्ममम् घटना बैशाख ३० गते
शनिवार भएको छ । दाईलोको विषयलाई लिएर आफ्नी बुहारीलाई मार्ने
शैली र स्थान भने यस अघिका घटनाको भन्दा फरक  पाईएको छ, यो घटनामा ।
यस अघि राजधानीदेखि टाढाका जिल्लामा हुने घटना यसपटक भने राजधानीमै भएको
छ ।
मानवअधिकार र महिला अधिकारको भारी ‘मैले नै बोकेको छु’ भनिठान्ने
अधिकार कर्मी र विशेषगरि महिलाअधिकारकर्मीहरूको मुखमा यो घटना साह्रो
ढुङ्गा बनेको छ । दाइजो नल्याएको झोँकमा मृत्युको मुखमा पु¥याइएकी रूवी
तण्डुकार रूवीलाई शनिवार दिउँसो २ बजेतिर उनकै घरमा झुण्ड्याइएको
अवस्थामा मृत शरीर फेला परेको हो । उनको शरीर भरी निलडाम र ढाड
भाचिएको अवस्थामा थियो । २ बजे मृत अवस्थामा फेला परेकी रुवीलाई राती ८
बजे मात्रै नर्भिकमा लगिएको थियो । माइती पक्षलाई भने छिमेकीले खबर गरेपछि
मात्रै थाहा पाएको बताए । रूवीको अवस्था देखेपछि माइती पक्षले दिएको
उजुरीका आधारमा रुबीका श्रीमान प्रसान्त तण्डुकार बालाजु प्ररही विटमा थुनामा
राखिएकाछन् ।
रूवी तण्डुकारले ६ वर्ष अघी प्रसान्त तण्डुकारसँग प्रेम विवाह गरेकी थिइन् ।
उनले १२ कक्षामा पढ्दै गर्दा प्रेम विवाह गरेका कारण माइती पक्षले
स्वीकारेको  थिएन । बल्ल तल्ल माइती पक्षले ६ महिना पछि स्वीकार गरेको थियो
। स्वीकार गरेलगत्तै माइति पक्षले रुवीलाई गक्षअनुसारको गरगहना दिएका थिए ।
कहिलेकाँही माइतीमा आउने रुवी अचानक माइत आउन छोडेको उनका माइतीपक्षले
बताए ।  बिजेश्वरी १५ मा माइती घरदेखि रुवीको ससुराली घर ५० मिटरको
दूरीमा रहेको छ । रूवीका नन्द, अमाजु, श्रीमान सासु, ससुराले पटक–पटक दाइजो
धेरै नल्याएको भन्दै माइतीमा जान नदिने, घर बाहिर एक्लै निस्कन नदिने गरेका
थिए । रुवीले प्रेममा पौडिएरै जुनी जुनीसँगै बिताउँला भनी जोसंग जन्म दिने
आमा बुवा छोडेर सम्बन्ध गाँसिन उसैले शारीरीक र मानसिक यातना दिन थाले ।
यो कुरा एक दिन रूवीले आफ्नी दिदी रूमीलाई फोनमा रुँदै ‘मलाई पिटेर
मार्न थाले’ भनेर बताएकी थिइन रे । त्यसदिन नजिकै घर भएकाले सबै दौडेर
रुवीको घरमा गएको सम्झन्छिन रूमी । त्यहाँ पुग्दा बहिनीलाई नाङ्गै पारेर
पिटेको र जीउमा लगाएको कुर्ताले घाँटीमा पासो बनाएर भान्सा वरीपरी
घुमाइरहेको दृश्य रुदै दर्साउछिन उनी । त्यस्तो अवस्था देखेर उनीहरूले माइती
नेपालमा पनि २०६५ साल बैशाख १७ गते सम्बन्ध विच्छेदका लागि उजुरी दिएको
बताइन् । रूवीले आफ्नो ज्यानको असुरक्षा भएका कारण माइती नेपालमा
सुरक्षाको माग गर्दै सम्बन्ध विच्छेदको उजुरी हालिन, तर माइती नेपालले
‘छोरी मान्छे भएपछि अलग बस्नुभन्दा आफ्नै घरगरेर खाएको राम्रो’ भन्दै घर
पठाएको रुमीले बताइन । त्यो केस ‘टुट्नुभन्दा जुट्नु राम्रो’ भन्दै बन्द
भएको माइती नेपालकी वकिल उमा तामाङले जानकारी दिइन् ।
यो कुरा रूवीका माइती पक्षलाई समेत थाहा थिएन । माइती नजिकै हुदा पनि
आउजाउ नहुँदा  उनी साह्रै निरस हुने गरेको उनकी दिदीले स्मरण गरिन  ।
माइतीमा बुवा र आमा प्रेसरको बिरामी भएका कारण पनि उनी दिदीलाई कहिलेकाही आफ्नो समस्या भन्ने गरेको सम्झँदै रुमीले भनिन्, ‘दीदी मलाइ पैसा दिनुन, अमाजु र नन्द आउँदा ‘तेरा आमा बुवाले दाइजो दिएनन्’ भन्दै भूँइमा सुताउँछन् भन्थि ।’ कहिलेकाँही ‘स्कुटर मागेर ल्या’ भन्दै दवाव दिने गरेकोमा रुवी रुने गरेको दिदी रुमीले बताइन ।

आफ्नो हत्यारा श्रीमान प्रसान्त तण्डुकारसँग रूवी ५ वर्ष अघी

मृत अवस्थामा भेटिएकी रूवीको आँखा, शरिरको विभिन्न भागमा चोट लागेको र ढाँड भाँचिएको थियो

 डलरखेती’को आरोप लागेका महिला अधिकारकर्मी संघसंस्थाहरूको आँगनमै दाइजोको रापमा जलेकी २३ वर्षिय रुवीले मृत्यु पर्यन्त कत्तिको न्याय पाउँछिन ? त्यसका लागि उनकी दिदी विभिन्न अधिकारकर्मी संघसंस्थामा न्यायका लागी अलापविलाप गर्दै हिँडेकीछिन् ।
रुवीको दुःखान्त घटनाले उनका आफन्तको आँसु ओभानो हुन नपाउँदै एक अर्को घटनाको रोदन शुरू भएको छ । ल्याकको कार्यालमा आयोजित पत्रकार सम्मेलनमा सत्यरश्मी श्रेष्ठले भने,‘मेरी बहिनी मध्यराती आमा..आमा... भन्दै तिन चार पटक चिच्याइन, त्यसपछि आवाज बन्द भयो’ रूँदै श्रेष्ठले पत्रकार सामु विलाप गरे,‘कसलाई के भयो भनी छिमेकीले गुनगुन गरे, कसैले चाँसो देखाएनन् ।’ एक जना छिमेकीले श्रेष्ठलाई त्यस रातीको घटना सुनाएको उनले उद्धृत गर्दै पत्रकार सम्मेलनमा बताए ।
जेठ ९ गते सिनामंगल ९ बिजयचोकको एक घरमा एउटी महिलाको आफ्नै घरको भुँईतलामा रहेको च्यानल गेटको ढोकामा झुण्डिएको अवस्थामा शव भेटियो । जुन घटनाले सिनामंगल क्षेत्र त्यस दिनभरी सन्नाटामय बनेको थियो ।  पुरै शरिरमा निलडाम र खुट्टा भाँचिएको अवस्थामा झुण्ड्याइएको मृत शरिर सिन श्रेष्ठको थियो । उनको विवाह २०५० सालमा प्रसान्त श्रेष्ठसँग भएको थियो । १९ वर्षपछि ४० वर्षिय सिन कस्ले र कसरी त्यो अवस्थामा पु¥यायो ? यो कुरा उनकै छिमेकीलाई राम्ररी थाहा थियो । छिमेकीले सिनको मृत शरिरलाई निर्वाध आर्यघाट लग्न दिएन र सिनामंगलमा लाठीचार्ज भयो ।  अँश्रुग्याँस प्रहार गरियो ।
सिनलाई ‘कहिले बच्चा भएन’ भनेर सासु र श्रीमानले मानसिक र शारीरिक यातना दिने गरेको खुलासाभयो । घरमा नौकरलाई भन्दा तल्लो स्तरको व्यवहार गर्ने र खाना पनि नदिने गरको छिमेकीले बताएको सिनकी दिदी स्वाँले बताइन् । कति पटक सिनले आफ्नै घरमा बहालमा बस्नेहरूसँग बचेको खाना मागेर भोक टारेको खुलासा भएको छ । ‘सिनका पति प्रसान्त श्रेष्ठ जापानबाट फर्किएपछि शहर फिल्मको प्रोडक्सनको तयारीमा लागे’ सिनकी दिदी स्वाँले भनिन्,‘त्यसबेलादेखि घर ढिलो आउने, बहिनीलाई पिट्ने, बच्चा भएन भनी टर्चर गर्ने गर्थे ।’ एक वर्ष पहिले प्रसान्तले सिनलाई नभनेरै अर्को विहे गरेको र कान्छी श्रीमतिबाट एउटी छोरी पनि जन्मिएको खुलेको छ ।  
शुक्रबार पत्रकार सम्मेलन गर्ने क्रमममा सिन श्रेष्ठकी दिदी स्वाँ श्रेष्ठ र दाजु सत्यरश्मी श्रेष्ठ भक्कानिदै भन्दै थिए,‘हाम्री बहिनीले धेरै दुःख पाई । हामीलाई कहिल्यै भनिनन् । जीउदो छदा कती दिन भोकै बसिन् ।’ उनीहरूले थपे,‘कत्ति दिन पिटाइ खाइन तर पनि बुटवलमा रहेका ८९ वर्षका बुवाले पीर नगरुन भनेर कहिल्यै पनि गुनासो नगरी सहिन ।’
सिनकी दिदी आफ्नी बहीनीको फोटो देखाउदै
सिनकै चिन्ताले उनका बुवालाई एक वर्ष अघि प्यारालाईसिस भएको रहेछ । ‘बुवा अब यो चिन्ताले कहिले खस्नु हुन्छ थाहा छैन’ सिनका दाजुले गुनासो गरे,‘मैले यस्तो अवस्थामै घर जानुपर्छ जस्तो छ ।’  भलभली आँसु बगाउँदै  सत्यरश्मीले ‘जसरी भएपनि अपराधीलाई आजीवन जेल सजाय दिलाई दिनुस’ भन्दै सबैका सामु दुई हात जोडे । सिनलाई पति प्रसान्त कुमार श्रेष्ठ, ससुरा नरेन्द्रमान श्रेष्ठ, सासु कमला श्रेष्ठ, सौता प्रिया श्रेष्ठ र आमाजु अनिता श्रेष्ठले मिलेर मारेको आरोप छ, माइती पक्षको । अहिले स्थानीय वासिन्दा र माइती पक्षको पहलले मृत सिनका श्रीमान प्रसान्त र ससुरा नरेन्द्रमान श्रेष्ठ बौद्ध प्रहरी प्रभाग र सासु र कान्छी श्रीमती गौशाला प्रहरी विटमा थुनामा छन् । उनीहरूको राजनीतिक पहुच भएका कारण मुक्ती पाउने हुन कि भन्ने पीरमा पीडितहरू छन् ।
राजधानी मुटुमा भएका यी घटनाले प्रहरी प्रशासन, अधिकारकर्मी र सभ्य भनाउँदो समाज सबैलार्य लोप्पा खुवाईदिएको छ । जनचेतनका नाममा गरिने अथाह खर्च र सरकारी लागत कहाँ बालुवामा पानी हुँदैछ । अनि समाज कसरी हिंसक हुँदैछ ? भन्ने दृष्टान्त यी दुई प्रतिनिधि घटनाले प्रतिविम्बित गरेको छ । रूवीले दाइजो नल्याएकोमा ज्यान गुमाउनुको पिडा र आफ्नी बहीनी सिनले खाना, पानी नपाइकन तड्पाएर मारीनुको पीडा कसले सुनिदिने ? कसले ती चेलीहरूलाई न्याय दिलाउने ? यो प्रश्न जटिल बनेको छ ।

Comments