मेरो केही शव्दहरु



Devaki Bist
आफैसँग हराइरहेको बेला कसैलाइृ केही सोध्नु छैन ।
आफैसँग प्रश्न गरिरहेको बेला तिमीसँग केही भन्नु छैन ।
आफैसँग डराइरहेको बेला तिम्रो भगवानसँग पनि सोध्नु छैन ।
आफ्नो मनमा पाप छैन त्यसैले कसैसँग झुक्नु छैन ।
तिमी झुक्छौ भने झुक, तिम्रो मनमा के छ त्यो मलाई थाहा छैन

केही समयको लागी शुन्यतामा छाउन चहान्छु । यहाँ देखी टाढा जान चहान्छु । कहाँ छ त्यो शुन्यता ? ए आकाश तिम्रो त्यो बादलुमा छ ? ए निल तिम्रो त्यो कंचनमा छ ? ए हावा तिम्रो त्यो बहावमा छ ? ए धर्ती तिम्रो काखमा छ ? ए चरी तिमीसँग छ त्यो शुन्यता ? छैन तिमीहरुसँग पनि जवाफ । किन भने तिमीहरु स्वयं शुन्यता खोज्दै हिडेका छौ । निश्चछल, निस्कपट र निश्वार्थ मायाको अर्थ र संसार चहार्दै हिडेका छौ । त्यसैले के भनु अब ?

कहिले त एकदमै छटपटी हुन्छ कल्पनाका सागरहरु देख्दा, कहिले काही त एकदमै आगो बल्छ मान्छेहरुका व्यवहार देख्दा, कहिले काही माया लाग्छ ति निस्छल निस्कपट मेरो गाँउका मुहारहरु सम्झदा, कहिलेकाही दया लाग्छ यि सडकहरुमा आफ्नो नभएका व्याथाहरु पैसाको लागी पोखेको देख्दा तर कहिले काही लाग्छ न बुझु यि कसैका व्याथा, नमानु कसैको दया, नसम्झु कसैको मुहार, नहेरु कसैको समस्या,न गरु तिम्रो हासोको पहल । तब के तिमी सन्तुष्ट हुन सक्छेउ तँ ? पक्कै पनि त्यो जीवन हाम्रो जीवन हुने छैन


ए बादलु तिमीसँगै म पनि घुम्न चहान्छु, ए चरी तिमीसँगै म पनि उड्न चहान्छु । मलाई तिम्रो निलो स्वच्छ आकाशमा बिलाउन मन छ, मलाई नि तिमीसँगै संसार चहार्न मन । जहाँ न भिसा चाहिन्छ न त कसैको आज्ञा नै चाहीन्छ । मलाई पनि तिमी जस्तै स्वतन्त्र, निष्कपट बादलुको बिचमा घर चाहीन्छ ।

ए बादलु तिमीसँगै म पनि घुम्न चहान्छु, ए चरी तिमीसँगै म पनि उड्न चहान्छु । मलाई तिम्रो निलो स्वच्छ आकाशमा बिलाउन मन छ, मलाई नि तिमीसँगै संसार चहार्न मन । जहाँ न भिसा चाहिन्छ न त कसैको आज्ञा नै चाहीन्छ । मलाई पनि तिमी जस्तै स्वतन्त्र, निष्कपट बादलुको बिचमा घर चाहीन्छ ।

सोचे जस्तो हुन्न जीवन,सम्झे जस्तो हुन्न जीवन ,जस्तो भोग्यो उस्तै हुन्छ जीवन, देखे जस्तो हुन्न जीवन तर आफुले काम गरे जस्तो त हुनुपर्यो नि जीवन । जीवनका अन्वरत यात्रा अब त्यही गएर मात्रै टुङ्गीन्छ रे जीवन

कस्तो दोधारमा परेछौ फेरी, किन सधैका लागी यो टारिएन फेरी, आँखा चिम्लेर शान्त मनले सोच्दा नि केही नदेखिने अध्यारो बाटो । आत्माको सुन्छौ भने आत्म सुन्तुष्टि पाँउछौ दिमागले गर्छौ भने केही भन्न सकिदैन । जे छ आत्मामा छ, सधै दिमागले गरेको सही हुन्छ भन्न नि सकदिैन

Comments