सुनकोसीले सुसेलेको दूधकोसीले सुन्छ
यो मनले सुसेलेको कसले सुनिदेला……htmlhttp://www.souryadaily.com/2012/03/2397.html
दुई वर्षअघि साँखुमा लागेको स्वस्थानी मेलामा यही गीत गाउँदै मागिरहेका
थिए, १० वर्षीय रामप्रसाद बास्तोला । ख्याउटे बालक । बाँसुरीको मीठो धुन ।
चहकिलो स्वर । मलाई ‘त्यो मनले सुसेलेको’ सुन्न बाध्य बनायो । उदयपुर
गाईघाटमा जन्मिएका बाँस्तोलासँग मेरो लामो संवाद भयो । जन्मँदै दृष्टिहीन
हुन् उनी । उनी मागेर छाक टार्छन् । आकाश ओढ्छन् र सडक बिछ््याउँछन् ।
बेलामौकामा लाग्ने मेलाबाहेक उनको नियमित माग्ने ठाउँ काठमाडौँको धरहरा
नजिककै आकासे पुलको सिँढी रहेछ । ‘मेलामा बाहिर जान्छु, सधैँ बस्नेचाहिँ
धरहराछेउको आकासे पुल हो’ उनले सुनाए, ‘कहिलेकाहीँ न्युरोडतिर पनि जान्छु
।’
उनले दिएको जानकारीअनुसार पछि म धरहरा नजिकैको आकासे पुलमा पनि गएँ । उही गीत ‘सुनकोसीले सुसेलेको…’ गाउँदै मागिरहेका थिए । केही साताअघि पशुपति गएकी थिएँ । बासुरीको मीठो धुन सुनेँ । कसले बजाए छ यति राम्रो बाँसुरी ? यसो हेरेकी थिएँ । उनै बाँस्तोला रहेछन् । दुई वर्षअघिको बाँस्तोला र अहिलेको बाँस्तोला उस्तै, ‘मर्न लागेको ख्याउटे’ । फरक, पहिले कपाल लामो थियो अहिले छोटो । जन्मिँदै दृष्टिहीन बाँस्तोलाले आमाबुबाको माया समेत पाएनन् । परिवारबाटै पनि हेपिएका यी बालकलाई उनकी सानीआमाले काठमाडौँको सडकसम्म ल्याइन् । र, मागेर बाँच्न सिकाइन् । ‘दृष्टिविहीन भएका कारणले परिवारले पनि राम्रो गरेनन्’ उनकी सानीआमाले भनिन्, ‘काठमाडौं ल्याएर अहिले मागेरै भए पनि बाँचेका छन् ।’ दुई वर्षअघि उनको एउटा ठूलो सपना थियो, ‘रेडियो किन्ने र गीत सुन्ने ।’ तर, त्यो सपना अझै पूरा भएको रहेनछ । ‘भात खानै पुगेन कसरी रेडियो किन्नू ?’ उनले अनिश्चितता प्रकट गरे, ‘खै कहिले किन्न सकिएला, कुनै टुङ्गो छैन ।’ अहिले उनको सपना, जपना जे भए पनि एउटै छ, ‘रेडियो किन्ने, गीत सुन्ने र गायक बन्ने ।’ तर, त्यो सपना उनले सुसेलेको बह कसैले सुनेमात्रै पूरा हुनेवाला छ । खै, कसले सुनिदेला…?

Comments
Post a Comment
Thank you for watch.