असारे रोपाँई(फोटो फिचर)
१५ असारलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउन थालेको एक दशक पुरा भएको छ ।
त्यसअघि पनि कृषकहरूले आफ्नै तरिकाले १५ असारलाई विशेष दिनको रुपमा मनाउँदै
आएका थिए । फरक यति हो सरकारले राष्ट्रिय दिवसको रुपमा घोषणा गरेपछि १५ असारमा औपचारिक
कार्यक्रम बढी हुन थालेका छन् । रोपाइँको ‘र’ थाहा नहुनेहरूले पनि
हिलाम्मे भएर तस्वीर खिचाएका छन् । फेसबुकमा छाउन र सञ्चार माध्यममा अनुहार
देखाउने उद्देश्यले मात्रै हिलोमा पस्दा धानको उत्पादत्व बढ्दै रहेनछ
भन्ने गतवर्षको एउटा तथ्यांक हेर्दा पुग्छ । आर्थिक वर्ष २०६८/०६९ मा ५०
लाख ७२ हजार टन धान उत्पादन भएकोमा आव २०६९/०७० मा जम्मा ४५ लाख ४ हजार टन
धान फल्यो । औपचारिकताको लागि हिलोमा पस्नु भन्दा उब्जनी बढाउन तिर ध्यान
दिने कि ? for photo click this link
Comments
Post a Comment
Thank you for watch.