होस खुल्दा मुम्बईको कोठीमा

एक्कासि होस खुले जस्तो भयो उनलाई । चारैतिर आँखा दौडाईन । अहँ..यो त उनको कोठा हुँदै होइन । सबै कुरा नौला छन् । डरले थरर्र थर्कियो शरीर, आत्तिएर बोली पनि थर्थराउन थाल्यो । हेरिन्, आफ्ना बाबुआमा कतै देखिन्छन् कि । बोलाइन । एउटी अजंगकी अपरिचित आइमाई पो आइपुगी । ‘म काहाँ छु ?’ सायद उनी सोध्न चाहन्थिन् । तर त्यो आइमाईले उनको मनोदशा सोध्ने छेकछन्दै देखाइन ।

http://www.souryadaily.com/2012/12/50752.html

Comments