ममाथि सामूहिक बलात्कार गर्नेलाई मृत्युदण्ड दे सरकार

एसएलसीमा डिस्टिङ्सन ल्याउने सपना थियो । शिक्षकहरूले पनि यही आशा गरेका थिए । तर, त्यस घटनाले मेरो सपना चकनाचुर भयो । मेरो दिमाग पनि खल्बलियो । कहिले बेहोसजस्तो हुन्थेँ । कहिले एक्लै बोलिराख्ने । चार महिनासम्म मेरो दिमाग ठीक भएन । म जुनबेला पनि ती बलात्कारीलाई काट्छु र मार्छु मात्र भन्थँे । पछि मलाई उपचारका लागि बुबा र अंकलले पाटन अस्पताल लैजानुभयो । उपचारका क्रममा रक्षा नेपालकी मेनुका थापा दिदीसँग भेट भयो । उहाँले मलाई आफैँसँग राख्नुभयो ।

www.souryadaily.com/2013/01/52942.html#.UO_sE9GLDwV.facebook 

http://www.souryadaily.com/epaper/?isid=338

Comments