कुहीरो मुनीको गाँउ

“तनुहँ जिल्ला आउ घुम्न साथी ,
बन्दीपुर छ डुम्रेको त्यही माथी

छिम्केश्वरीमाई सम्झना हुनेछ सधै भरीलाई”  बन्दीपुरका स्थानिय वासीले गाएको यो गितले साच्चै नै दुईसय पचास वर्षको पुरानो इतिहास बोकेको बन्दीपुर र टुडीखेलबाट देखिने मनोरम हिमालका दृष्य देख्दा कसलाई पो दोहोर्याएर जाने मन गर्दैन होला ।
  टुडीखेलको पश्चिमतिरबाट देखिने हिमालहरु क्रमशः धौलागिरी,अन्नपूर्ण रेन्ज,लमजुङ,माउण्ट मनास्लु,हिमचुली,बौद्ध हिमाल ,पुङ्गी हिमाल ,गणेश हिमाल लगायतका हिमालहरु एकै साथ देख्न पाँउदा प्रकृतिको प्रेममा डुवेर अकवि पनि कवि बन्न थाल्छ । एकै साथ यती धेरै हिमाललाई शिरमा खडा गरेर त्यसको खोचमा बसेको तनुहको डुम्रेगाँउ र सँगै बगिरहेको मस्याङदी । 

 त्यसमाथी  पुरै कुहिरोले ढाक्दा थुम्का थुम्का कपाझै देखिने बादल । उदाउदो सूर्यसँगै हट्दै गरेको कुहीको दृष्य हेर्नलायक हुन्छ । स्वदेशी पर्यटक तँ त्यहाँ आउजाm गरी रहन्छन् तर विदेशी पर्यटक त्यो सानो गाँउमा जतात्यतै देख्न देख्न पाइन्छ । १५ वर्ष देखी टुडीखेलमा खोलिएको बन्दीपुर माउण्ट रिसोर्टमा कार्यरत सूर्य ढकाल सिजनको बेला जनवरी, फेबु्रअरी, मार्च, अप्रिलमा  ९५ प्रतिशत विदेशी पर्यटक आफ्नो होटेलमा आउने गरेको बताए । बन्दीपुरे सुन्तलाले र सिलेटले प्रख्यात भएपनि  अहिले सिलेट ,मनोरम हिमालका दृष्य, परम्परागत र सफा बन्दीपुर बजारले स्वागत गरिरहेको हुन्छ । 













देबकी बिष्ट 

Comments