कर्णालीको एक खण्ड


कर्णालीको एक खण्ड
  


सुदूर पश्चिमलाई राजधानीसँग जोड्ने एक मात्र कर्णाली पुल २०५० साल माघ २८ गते देखी संचालनमा आएको हो । यस भन्दा अघी सुदूरपश्चिम वासीलाई राजधानी जानु परेमा कर्णाली नदीमा ढुङ्गामा बस राखेर ओहोरो दोहोर गर्थे । जुन अत्यन्तै जोखिमपूर्ण थियो । महाकाली तरेर आउने होस् वा सूरपश्चिमका ९ जिल्ला छोडेर आउने होस् जो कोहीलाई पनि कर्णालीको चिसो सिरोटेले छोएकै हुन्छ । कर्णाली पुल ५ सय मिटर लम्बाई र केवुल स्टेट ब्रिज हो । एशियाकै दोस्रो एउटा पिलरमा बनाएको कर्णाली पुल ओहोर दोहोर गर्नेका लागि आर्कषक छ ।

कर्णालीको चिसो सिरोटोलाई छिचोल्दै हामी पनि कर्णालीमा र्याफ्टीङ्ग गर्दै कैलाली जिल्लाको टिकापुर पुग्ने गन्तव्य थियो । कर्णालीमा र्याफ्टीङ्ग गर्दै जादा कर्णालीको नदीसँगै खेल्ने स्थानिय वासिन्दा धेरै थिए । कोही माछा मार्दै गरेका,कोही ढुङ्गा खियाउदै,कोही कर्णँलीबाट बालुवा,ढुङ्गका झिक्दै । कोही भने बर्दिया निकुञ्जबाट घर छाउनको लागि खर ढुङ्गामा ओसार्दै गरेको दृष्य हेरीरहु लाग्ने ।



नदीको छेउछाउमा चखेवा चखेवी जोडीको कहिले नछुटीने गहिरो माया देखी घरपालुवा जनावरहरु घाम ताप्दै गरेको देखिन्थ्ये । कर्णाली नदीमा सुन खोज्नेहरुको लाइन देखीन्छ ।

लाग्छ सुन खोज्नेहरु गरिव हुदै थिए सुन किन्नेहरु झन् झन् धनी हुदै थिए । सवा दुई घण्टाको र्याफ्टीङ्ग पछि हामी टिकापुरको जगतपुर गाविसमा पुग्यौ । टिकापुर पार्क छेउमै बगीरहेको कर्णालीमा उदाउदै गरेको सूर्य र नदीमा कायक (एक जनाले चलाउन सकिने वोट) देख्दा कायकीङ्ग नगरी मनै थामिदैन ।







 



 त्यसमा झनै नौ बिगामा फैलिएको टिकापुर पार्कका एक सय पाँच पककरका गुलाव टिकापुर पार्कको रोचक छ ।

Comments