एउटी छन्, माया दिदी



एउटी छन्, माया दिदी


 रत्नपार्क क्षेत्रमा देहव्यापारको गतिविधि नियाल्दा व्यवसायी महिलालाई कण्डम बाँड्दै गरेकी तारादेवी खड्कालाई देखिहालिन्छ । यौन व्यवसायी महिला र ग्राहक पुरुषहरूबीच माया दिदी भनेर चिनिने उनी हरेक दिन कण्डम बाँड्न ठमेल, गौशाला, कलंकी, बालाजु, बल्खु चोक, त्रिपुरेश्वर, गोङ्गबु पुल, बालाजु वाइपास, माछापोखरी लगायतका क्षेत्र पुग्छिन् । “बिहान ७बmउस बजे निस्केर राति ९–१० बजे मात्रै घर पुग्छु”, माया भन्छिन्, “बाँड्ने कण्डम बागबजारको स्टेप नेपाल भन्ने संस्थाले दिन्छ ।”
यसबापत उनी मासिक रु.८ आठ हजार तलब बुझिछन्, तर त्यो पनि एचआईभी÷एड्स संक्रमित महिलाहरूको दुःख देख्न नसकेर खर्च गर्छिन् । उनी यौन व्यवसायी महिलाहरूलाई मरिहत्ते गरेर स्वास्थ्य परीक्षणका लागि भीसीटी सेन्टरमा पु¥याउँछिन् । “केटीहरूले कति भीसीटीमा लग्ने कुरा मात्रै गछ्र्याै भनेर मसँग रिसाउँछन्”, माया दिदी भन्छिन्, “उनीहरू रोग लागेको थाहा पाउनुभन्दा थाहा नपाएरै मर्नु बेस मान्छन् ।”
यो संवाददाताले निकै जिद्दी गरेपछि माया दिदीले टेकू अस्पताल पु¥याइन्, जहाँ ३० वर्षीया सुनिता एचआईभी÷एड्स भएर अन्तिम सास लिंदै थिइन् । मायाले ६ वर्षअघि सुनितालाई गरगहनाले झ्पक्क भएको अवस्थामा देखेको बताइन् । उनका अनुसार, त्यसवेला हुनेखाने परिवारकी सुनिताका ७नतसीमान् विदेशमा थिए । दुई वर्षकी छोरी पनि थिइन् । तर, छिमेकका दलाल महिलाहरूले सुनिताको सुन्दरता र सोझेपनको फाइदा उठाए । लठ्याउने औषधि खुवाएर होटलमा पु¥याएर सुनिताको शरीर बेचियो । त्यसपछि अर्धचेत जस्तो भएकी सुनिता वीर अस्पताल र रत्नपार्कबाट कहीं गइनन् । उनी त्यहीं एचआईभीको शिकार भइन् । अन्तिम अवस्थामा उनलाई माया दिदीले नै टेकू अस्पताल पु¥याएकी रहिछन् 
यो संवाददाताको अनुरोधमा माया दिदीले ४० वर्षीया शिला (नाम परिवर्तन) सँग पनि भेट्टाइन् । दुई वर्षअघि ग्राहकबाटै एचआईभी संक्रमित भएकी शिलाले लाख चाहेर पनि रत्नपार्कको नर्कबाट निस्कन नसकेको बताइन् । उनका अनुसार, कण्डम प्रयोग गर्न नमान्ने अल्लारे उमेरका ग्राहकले एचआईभी संक्रमण बढाएका छन् । यौन व्यवसायी महिला आफूलाई एचआईभी पोजेटिभ भएको लुकाउने बाध्यतामा हुन्छन् ।
छोराछोरी पाल्न रत्नपार्क क्षेत्रमा शरीर बेच्नेमा श्रीमान्बाट एचआईभी संक्रमण भएकी महिला पनि भेट्टिइन् । उनी आफ्नो सम्पर्कमा आउने ग्राहकलाई कण्डम प्रयोग गर्न आग्रह गर्छिन्, तर सबैले मान्दैनन् । परिवार त्यागेर दलालीमा लागेको आफ्नो ७नतसीमान्ले पनि कति जनामा एचआईभी सारी सक्यो, उनले बताइन् ।
माया दिदी वेश्यावृत्ति विरुद्ध वेलावेला हुने कारबाहीलाई ठट्टा ठान्छिन् । उनका अनुसार, काठमाडौंमा देहव्यापारका सबभन्दा बढी ग्राहक पुलिस र सेनाकै केटाहरू हुन्छन् । कति त बर्दीमै मोलमोलाइ गर्न आउँछन् । उनीहरूले भनेको नमाने साँझ्मा पक्रिन आइपुग्छन् । “यी दिदीबहिनीलाई साँच्चै यो नर्कबाट निकाल्ने र एड्स रोक्ने हो भने, सरकारले तुरुन्त उनीहरूका लागि अर्कै रोजगारीको व्यवस्था गर्नुपर्छ”, माया दिदी भन्छिन्, “घरीघरी पुलिस मात्र लगाएर यो महामारी रोकिंदैन, त्योभन्दा राम्रो त उनीहरूलाई उचित ठाउँमा सार्दा राम्रो हुन्छ ।”

lxdfn va/ ;fKtflxsdf ksflzt -@( c;f/ ३ साउन @)&!_

Comments