खुला रेडलाई बन्दै राजधानी



खुला रेडलाई बन्दै राजधानी 

काठमाडौंको रत्नपार्कमा फूल फुल्न छोडेको र पानीको फोहोरा सुकेसँगै यौन व्यवसाय फस्टाउन थालेको त्यो बाटो भएर हिंड्नेहरूको अनुभव छ । हुन पनि, मुलुकको राष्ट्रिय संस्कृति गोचर हुनुपर्ने राजधानीको केन्द्र अहिले सस्तो ‘सेक्स मार्केट’ हुन पुगेको यहाँ खुलेआम देखिने मोलमोलाइले देखाउँछ । यहाँको यौन व्यवसायमा संलग्न महिलाहरूको बाध्यता र पीडाको पाटो अझ् बीभत्स छ, जसलाई अवैध क्रियाकलाप नियन्त्रणको नाममा प्रहरीबाट हुने कारबाहीले थप समस्याग्रस्त बनाइदिएको छ ।
client are standing on the wall at out side the Ratnapark for sex worker women. 

देशको राजधानीको पनि केन्द्रमा पर्ने रत्नपार्कमा हिजोआज देहव्यापारको मोलमोलाइमा कुनै लुकीछिपी छैन । रत्नपार्क क्षेत्रमा १५–१६ वर्षका केटीदेखि ४०–५४ सम्मका महिलासँग किशोरदेखि अधबैंसे र ६० कटेका पुरुषहरू मोलमोलाइ गरेर आ–आफ्नो गन्तव्यतिर लागिरहेका देखिन्छन् ।

Sex worker are Bargaining the client

 राजधानीको यौन व्यवसायमा विभिन्न उमेरका करीब तीन हजार महिला संलग्न रहेको अनुमान छ । गर्मी मौसममा तराई र भारतका यौन व्यवसायीहरू पनि थपिन आइपुग्छन्, यहाँ । यौन सम्बन्धी सरुवा रोकथाम तथा एड्स परामर्श सेवा (स्याक्ट्स) का निर्देशक डा. विजयलाल गुरुवाचार्य तीमध्येका एचआईभी पोजेटिभ भएका महिलासँग दैनिक दुई जना पुरुषले असुरक्षित यौन सम्बन्ध राख्ने गरेको पाइएको बताउँछन् । डा. गुरुवाचार्यको भनाइले स्थितिको भयावह प्रष्ट पार्छ ।

Maya Didi is distributing the Condom to sex worker lady

स्याक्ट्सले काठमाडौं र पाटनका पाँच स्थानमा राखेको यौनरोग तथा एड्स रोकथाम क्लिनिकहरूमा आइपुग्ने यौन व्यवसायी महिलाहरूमध्ये प्रति महीना सरदर ३०० जनामा एचआईभी लगायतका यौन रोग पाइने गरेको डा. गुरुवाचार्य बताउँछन् । स्याक्ट्सले तीन वर्षअघि गरेको अध्ययनले असुरक्षित यौन सम्पर्कबाट महिलाको तुलनामा पुरुषले बढी एचआईभी÷एड्स सारेको देखाएकोमा अहिले दुवै थरीबाट उत्तिकै संक्रमण भइरहेको देखिएको छ ।
Client boy is coaxing the sex worker lady
 यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एड्स तथा यौन सरुवा रोग नियन्त्रण राष्ट्रिय केन्द्र NCASC ले यस क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाका प्रतिवेदनलाई आधार बनाएर २०६९÷७० मा गरेको अध्ययनले ३०–३९ वर्ष उमेर समूहका यौन व्यवसायी महिला र उनीहरूका ग्राहक एचआईभी÷एड्सबाट सबभन्दा बढी संक्रमित भएको देखाएको छ । स्याक्ट्सका निर्देशक डा. गुरुवाचार्य भन्छन्, “यस क्षेत्रमा भइरहेको काम फैलँदो प्रकोप रोक्न बिल्कुलै अपुग छ ।”



Sex worker lady was arrested from Ratnapark  before 2 year ago

http://nepalihimal.com/article/3073http://nepalihimal.com/article/3073

Comments