खुशी र पीडाको दोसाँध


खुशी र पीडाको दोसाँध 

बलात्कारको पीडामा पनि हिम्मत नहारी प्रगतिपथमा लम्केकी शर्मिला नाम परिवर्तन को खुशीमा अदालतको फैसला ग्रहण भइदिएको छ ।



बैतडी, कैलपालकी शर्मिलाले कोरियाको मुजु शहरमा २०–२५ असारमा आयोजित आठौं विश्व तेक्वान्दो कल्चरल एक्स्पो–२०१४ मा स्वर्ण पदक जितिन् । विश्वका २५ देश सहभागी तेक्वान्दो कल्चरल एक्स्पोमा नेपालका तर्फबाट पहिलो पटक यौनजन्य हिंसा पीडित सात बालबालिकाले स्पर्धा गरेका थिए । उनीहरु सबै गैर–सरकारी संस्था रक्षा, नेपालमा अश्रित छन् ।
भारतकी आवन्ती घोषलाई हराउँदै नेपालका लागि स्वर्ण जित्दापनि उदाश देखिने शर्मिला यही वर्ष प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण हुँदा पनि खासै रमाउन सकिनन् । कारण हो– पुनरावेदन अदालत महेन्द्रनगरले १५ वैशाख गरेको निर्णय, जसबाट उनीमाथि सामुहिक बलात्कार गर्ने सागर भट्ट (२५) र अमर अवस्थी (३०) ले सफाइ पाएका छन् । १४ वर्षको उमेरमा २०६८ चैतमा एसएलसी परीक्षा दिन बैतडीको पाटन आएको वेला बलात्कारको शिकार भएकी थिईन् । रक्षा नेपालको सहयोगमा कानूनी लडाईं लडेकी शर्मिलालाई २०६९ फागुनमा बैतडी जिल्ला अदालतले भने न्यायको अनुभूति गराएको थियो, अभियुक्तद्वयलाई १३–१३ वर्ष कैद र रु.५०–५० हजार जरिवानाको फैसला मार्फत ।
त्यसपछि गाउँमा बस्न असहज भएर काठमाडौंस्थित रक्षा नेपालमै आश्रय लिएकी शर्मिलाको पढाइको आर्थिक अभिभारा अमेरिकी नागरिक लेस्ली ब्राउनले लिएका थिए । यसबीचमा तेक्वान्दोमा ब्लु बेल्ट लिएकी उत्साही शर्मिला भन्छिन्, “पुनरावेदन अदालतका न्यायाधीशहरू देवेन्द्रगोपाल श्रेष्ठ, नरबहादुर शाही र रमेशराज भण्डारीलाई सोध्न चाहन्छु, ममाथि बलात्कार गर्नेहरूलाई कुन विवेकको आँखाले निर्दोष देख्नुभयो ?”
बैतडीमा पढ्दा इन्जिनियर बन्ने सपना देखेकी उनी अब वकील बन्न चाहन्छिन् । “पटक–पटक मरेर बाँच्न खोजिरहेका पीडितहरूमाथि नै अन्याय थोपर्नेहरूको कमजोरी खोजेर कठघरामा उभ्याउन सम्भव छ ? छ भने कसले उभ्याउने ?” आक्रोशित शर्मिलाको प्रश्न छ ।
lxdfn va/ ;fKtflxsdf ksflzt -@( c;f/ ३ साउन @)&!_

Comments