त्यो रगतले न्याय माग्छ उनीलाई

त्यो रगतले न्याय माग्छ उनीलाई

काठमाडौं, जोरपाटीका रविन्द्र श्रेष्ठ (३६) लाई सानो छँदा खाटमा खुटट बाँधेर आमा खेतमा काम गर्न जान्थीन् । छेउमा हुन्थ्यो– एउटा पाटी र चक । रविन्द्र त्यही पाटीमा विभिन्न आकार कोर्दै आमालाई पर्खन्थे । अली ठुलो हुदै गएपछि उनले याक चुरोटको बट्टाहरुमा चित्र कोरेर यात्रा शुरु गरे । तिनै रविन्द्रले ८ वर्ष रक्त पेन्टीङ्ग गरे, जसबाट उनी आफैं कहिले काही विचलित हुने गरेका छन् ।
 



कुरा, सुष्मा कोइराला मेमेरियल अस्पताल साखुको ल्यावमा काम गर्दाताकाको रक्तरंजित समयको हो । त्यो बेला त्यहाँ माओवादी र सरकारी सुरक्षा फौजमा काम गर्ने घाइतेहरु धेरै आउँथे । त्यो समयलाई ‘रेकर्डेड’ गर्न उनले घाइतेहरुको रगत जाँच गर्दा टेस्ट्युवमा बचेको फ्याक्ने रगतबाट चित्रहरु बनाए, सम्बन्धीत व्यक्तीको अनुमति लिएर । अहिले घरको एउटा कुनामा उल्टो फर्काएर राखिएका ति पेन्टीङ्गहरुलाई आफुले अन्याय गरेको ठान्छन्, रविन्द्र । “यीनका लागि कहि, कुनै स्पेस छैन”, रविन्द्र भन्छन्, “यी पेन्टङ्गिले ग्यालरी नपाएजस्तै नेपाली जनताले पनि नयाँ संविधानपाएका छैनन् ।” 

२०७० सालमा एकल प्रर्दशनी गर्दा पनि उनले रगत पोतिएका पेन्टीङ्ग राखेनन् ।
सामुहिक प्रर्दशनीहरुमा उत्कृष्ट पुरस्कारहरु पाईसकेका रविन्द्र ललित कला क्याम्पस र काठमाण्डौ विश्वविद्यालयमा खारिएका कलाकार हुन् । स्टुडियोलाई ब्रह्माण्ड सम्झ्ने उनी थान्का र प्रतिस्थापन कलामा पनि पोख्त मानिन्छन् । दोस्रो एकल प्रर्दशनीको तयारीमा रहेका उनी नेपालमा बढ्दा कला बजारप्रति निकै आशावादी छन् । “तर, नेपाल एकेडेमी अफ फाईन आर्टस् (नाफा)ले योग्य नेतृत्व नपाएर हो कि किन हो, गर्नुपर्ने जति काम गर्न सकेको छैन ।”
हिमाल खबर पत्रिकामा २०७१ भदौ १५ –२१  अंकमा प्रकाशित (तस्वीरहरु केही थप राखिएक छन् )

Comments