अनि डायरी लेखे ‘हजुरबा र बुवाको श्रीमती हुनुभन्दा मर्नु वेस’

fallow up news   http://halkaro.com/viewdetail.php?id=2416



08/27/2014
पुनम कार्की, काभ्रेपलाञ्चोकको पनौति नगरपालिकामा मेरो घर हो घरमा दुई वहिनी एक भाई मध्ये जेठी हुँ हजुरबुवा इन्द्र बहादुर कार्की बुवा प्रकाश बहादुर कार्की हुन् बुवाकी चार श्रीमति छन् पहिलो श्रीमतिबाट छोरी भएपछि उहाँले अन्य श्रीमति विवाह गर्नु भयो तेस्रो श्रीमती मकाउमा छँदा फिलीपिनो केटीसँग विहे गरेर छोरी छिन् उनीहरु उतै बस्छन् अर्की अर्की पाँचखालमा प्रेमिका रहेकी छिन् मेरो शिक्षा सानै देखि बोडिङ स्कुलमा भयो पाँच कक्षासम्म गाउँमा आमासँग बसे कक्षामा पढ्दै गर्दा एक दिन आमा हजुरबाको निकै झगडा भयो ( जो हजुरबाले मंगलबार विहान विष सेवन गरि आत्महत्या गर्नु भयो ) त्यसपछि अलग अलग बस्न थाल्यौ त्यसको करिव महिनापछि हजुरबाले मलाई खाना पकाउने कोही भएन भनेर बोलाउनु भयो गएँ हजुरबा खाटमा तल सुत्थ्यौं त्यसको केही महिनापछि एक दिन हजुरबाले जाडो भयो तिमीपनि माथी आउँ भनेर बोलाउनु भयो राति मलाई के के गुर्न भयो थाहा भएन, सानी थिएँ भोली पल्टदेखि पेट दुख्न थाल्यो रगत पनि बग्यो विद्यालयमा पनि मलाई पेट दुख्ने रगत बग्ने भएपछि मिसहरुले मलाई अस्पताल पुरयाउनु भयो औषधी गरेपछि ठिक भयो
त्यसको केही समयपछि फेरी मलाई सुत्न बोलाउनु भयो गइन अनि पिट्नु भयो मैले मम्मीलाई सवै भन्दीन्छु भनेपछि उहाँले कसलाई के भन्छिेस् भन्दै फेरी पिट्नु भयो यसरी मलाई तीन पटक बलात्कार गर्नु भयो फेरी मेरो पेट दुख्न रगत बग्न थाल्यो मलाई धेरै पिडा पनि भयो , कक्षामा पढ्ने भएकाले धेरै कुरा त्यो बेला बुझन पनि सकिन बुवा विदेश हुनुहन्थ्यो उहाँ आउनु भयो मलाई मम्मीलाई संगै तल्लो घरमा राखिदिनु भयो हामीसँगै बस्न थाल्यो फेरी बुवा विदेश लाग्नु भयो कक्षामा पढ्ने बेला उहाँ विदेशबाट नफर्किने गरि आउनु भयो त्यो बेला एकदिन फुपु दिदी विरामी पर्नु भयो उहाँलाई हस्पीटलमा कुर्न मम्मी जानु भयो बुवाले महिलेदेखि मलाई चुम्पी गर्ने शरिर चलाउने, अंगालो हाल्ने गर्नुहुन्थ्यो मैले चाहि बुवाले माया गर्नु भएको होला भन्थे मम्मी गएको रात पनि उसले मलाई चलाउने चुम्पी गर्न काम गरिरहेको थियो त्यही बेला आफ्नो कोठामा टिभि हेर्न बोलायो बहिनीहरुलाई लिएर टिभि हेर्न गएँ त्यसको केही समयपछि उनीहरु कोठा गएर सुते एक्लै भएको बेला उसले मलाई पहिले हात समात्यो त्यसपछि आफुमाथी राख्यो अनी सुतायो त्यसपछि झसंग भए भने के गर्नु थाल्नु भयो के भयो भनेर भने उसले केही होइन चुप लाग भन्यो त्यो बेला मलाई कस्तो भयो कस्तो  मैले सुत्न जान्छु भने उसले चुप लाग एक छिन हो केही हुदैन भन्यो मेरो हात जोडले समात्यो मैले नाइ नाई भने उसले मेरो मुख थुन्यो, हात बाँधिदियो, मेरो खुट्टालाई उसको खुट्टाले च्याप्यो मेरो तल लगाएको कपडा खोलिदियो फेरी हात फुकाएर माथीको कपडा पनि खोलिदियो मलाई जवरजस्ती बलात्कार गरयो मैले फुत्किने लाख कोसिस गरे तर सकिन त्यो बेला रातभर रोइरहे त्यसपछि होस्टेल बस्ने गएँ एसएससी सकेपछि फेरी घरमा आएँ एसएल सीमा ८३ प्रतिशत लिएर पास पनि भए कलेज जान सुरु गरेको दुई महिनापछि एक्कासी विरामी परे कलेज जान नसकि सुतिरहेका बेला फेरी आएर जवरजस्ती बलात्कार गरयो त्यो बेला यति विरामी थिएँ की त्यहाँबाट हिडेर कतै जान सक्ने अवस्थामा पनि थिएन मानसिक पिडाले दुई बर्ष लगातार विरामी भए बेहोस भएका बेला पनि होसमा आउदा बलात्कार गरेको हुन्थ्यो मलाई यसरी धम्क्याएको थियो की कसैसँग केही भन्न सक्ने अवस्थामा थिइन उसले केही बाहिर भने मेरो मम्मीलाई समेत मारिदिने धम्की दिएको थियो
दुईबर्षको विरामी पछि मलाई अलि ठिक भएको थियो त्यसको एक सातापछि पुनः मलाई बलात्कार गर्न खोज्यो मैले प्रतिवाद गर्न खोज्दा पाइपले पेटमा कुट्यो त्यसका कारण दिन पुन ज्वरो आयो
उसको डर धम्की त्रासले मैले केही आवाज उठाउन सकेकी थिइन गएको असोजदेखि मेरो स्वास्थ्यमा केही सुधार भयो आवाज उठाउने निर्णयमा पुगे पहिलो पटक यो कुरा मम्मीलाई भने उहाँले मुद्दा लड्ने मलाई न्याय दिलाउने बताउनु भयो उहाँ सुरुमा रुनु पनि भयो त्यसपछि मलाई घरमा बस्न मन लागेन् कतिपटक पनौतिको पाटीमा कतिपयबेला गोरखनाथको पाटीमा बसे मलाई हजुरबा, बुवा भाइले पनि पिट्न थाले त्यसपछि मलाई त्यो घरमो भित्ता भित्ताले पनि पोल्न थाल्यो ३० साउनमा पिडा सहन नसकेर धुलीखेलको जंगलमा गएर मेटासिड खाएँ धुलीखेल अस्पतालमा दिन सम्म आईसियूमा राखे पछि होस खुलेको हो विष सेवन गर्नु अघि डायरी लेखे  ‘बुवाको श्रीमती हुनुभन्दा मर्नु वेस मलाई सबै समाजले नराम्रो भन्ला बाजे बुवालाई आरोप लगाई भन्लान् तर मरे पछि मेरो डिएन टेस्ट गराएपछि सबै कुरा छर्लङ्ग हुन्छ भनेर लेखेकी थिएँ पछि घटना स्थलमा रहेको , जना स्थानियले त्यो डायरी पाएछन् बुवा प्रकाशले त्यो डायरी च्यातेर फ्याके छन् (नाम परिवर्तन)

Comments