मंगलबार , ६ माघ २०७१
७:१७
३०
दलीय मोर्चाले ६
माघमा गरेको बन्दको
रिपोर्टिङ्गका
लागि बिहान ८
बजे नै घरबाट
निस्कें । बन्दका दिनमा
सञ्चारकर्मीका
सवारी साधन निर्वाध आवागमन
गर्न दिइने भनिए
पनि मनमा केही
संशय भने थियो–
विहानै एउटा पत्रिका लुटिएको खबरले
।
बिजुलीबजारमा प्रहरीको घेरा तोड्दै आन्दोलनकारी । |
पत्रकारको परिचय
टाढैबाट स्पष्ट हुन सकोस
भनेर फोटो पत्रकारले लगाउने
हरियो ज्याकेट लगाएँँ,
पत्रकार परिचयपत्र झुण्ड्याएँ र क्यामरा बोकेर
स्कुटर हुइँकाएँ ।
बिहानको सडक सुनसान थियो
।
जुलुशमा कार्यकर्ताले सञ्चारकर्मीलाई तथानाम
भन्दा हिसिला यमीले
रोक्नुको साटो नारा लगाइरहिन् ।
करिब
११ बजेतिर नयाँ
बानेश्वरबाट कार्यालयतर्फ जाँदै गर्दा विजुली
बजारमा देखिएको अघिको
शान्त जुलुस उग्र
भइसकेको रहेछ । नयाँ
बानेश्वरतर्फ अगाडि बढ्न खोजेको
जुलुसलाई प्रहरीले नियन्त्रण गर्न सडकको छेउमा
काँडे तार राखेर
रोकिरहेको थियो । त्यहाँ
एमाओवादी नेतृ हिसिला यमी
पनि थिइन् ।
नेताहरु पनि
जुलुसमा भएकाले ढुक्क थिएँ,
केही दिनअघि फ्रान्समा पत्रकारमाथि भएको
आक्रमणको निन्दा एमाओवादी नेता
बाबुराम भट्टराईले गरेका थिए, उनकै
पत्नी र एमाओवादी नेतृ
यमी पनि त्यहाँ
भएकोले म ढुक्क
हुँदै अघि बढें
तर, जुलुस एक्कासी ममाथि
जाइलाग्यो ।
‘ए समात्
समात्’ भन्दै उनीहरुले स्कुटरमा लात्तीले हान्न
थाले । त्यसपछि शुरु
भयो उनीहरुको गाली
र आक्रमण ।
एक जनाले मेरो
घाँटीमा झुण्डाइएको परिचयपत्र थुत्यो र च्यातिदियो ।
“हिंडेर रिपोर्टिङ्ग गर्न
सक्दैनस्, तेरो स्कुटर जलाउन
पर्छ,” अर्को एकजनाले मेरो
स्कुटरमा लाठी प्रहार गर्न
थाल्यो । म
अत्तालिएँ र चुपचाप रहें
।
त्यसपछि झन
अराजक हुँदै गएका
उनीहरुले यमीकै उपस्थितिमा अश्लिल
गाली गर्न थाले
।
राष्ट्रिय झण्डा
अंकीत टिसर्ट लगाएर
नारा लगाइरहेकी यमीकै
अगाडि माउण्टेन टिभीकी
क्यामेरापर्सन
सिर्जना कुईकेल र रिपोर्टर शर्मिला थापामाथि पनि
त्यसैबेला दुर्व्यवहार भयो ।
त्यसअघि त्यहाँ
दुईवटा मोटर साइकल
जलाइएको रहेछ, दुई जना
पत्रकारहरु कुटिइसकेका रहेछन् । एक
जना पत्रकारलाई जोगाउन
खोज्ने सशस्त्र प्रहरीका सइ
खगेन्द्र भट्टको दाँत भाँच्चिएको र
टाउको फुटेको पनि
थाहा पाएँ ।
त्यहाँ थप पत्रकारहरु र सर्वसाधारण जम्मा हुन थालेपछि म फुत्किएर कार्यालय पुगें । तर मेरो घाँटीबाट परिचय पत्र थुत्ने त्यो मानिसको हेराई मैले विर्सन सकिन । उसले महिलाजाति माथि नै आक्षेप लगाएर गरेको गाली कानमा बजिरह्यो ।
अफिसमा
रिपोर्ट गरेपछि म त्यो
मानिस खोज्न फेरि
निस्किएँ । शायद उसले
मलाई विर्सिसकेको थियो
कि, विजुली बजारमा
नारा लगाउँदै गरेको
उसको तस्वीर खिच्दा
पोज दिइरह्यो ।
केही
वर्षअघि प्रहरीवृत्त बालाजुले उनलाई पक्राउ गरी
सार्वजनिक गरेको उनलाई देखि
जान्नेहरुले जानकारी दिए ।
त्यहाँबाट फर्कंदै गर्दा
माइतीघरमा बन्द गराउनेहरुले बन्दको
विरोध गर्नेमाथि ढुंगा
प्रहार गर्दै लखेटन
थालेका थिए ।
त्यसबेला प्रहरीले हस्तक्षेप गरी बन्दको विरोध
गर्ने समूहलाई अर्को
बाटो जान राजी
गरायो ।
हामी
रिपोर्टर र फोटो पत्रकारहरु यस्तो
बेला यसै पनि
जोखिममा त हुन्छौं नै
। तर, आफूलाई
परिवर्तनकारी र अग्रगामी दाबी
गर्नेहरुले यस्तो बर्बर काम
गरेको देख्दा भने
उनीहरु राजनीतिक व्यक्तिहरु नै
हुन ? शंका लाग्छ
।
Comments
Post a Comment
Thank you for watch.