News site http://www.nepalitimes.com/blogs/thebrief/2015/02/24/acid-victims-want-justice/
 |
संगिता मगर आफ्नी आमासँग केयमसी अस्पतालमा । आमा रुदै गर्दा सम्झाउदै |
आइसोलेसन एरिया नो इन्ट्री विथवाउट परमिसन वर्न वार्ड । शिर देखी पाउ सम्म पुरै छोपिएको छ । आँखा बल्ल तल्ल खोली रहेकी छिन् । बेड छेउमै बसेकी संगितकी आमा चमेली १० गते देखी छाँया झै साथमा बसेकी छिन् । हामी पुग्दा संगिताको मुुहारमा हेर्दै बसेकी थिइन् । हामी पुग्ने बित्तिकै संगिताले मम्मी विस्तारै औषधी भनिन् । उनको आँखामा औषधी हाल्ने समय भएको थियो । बोल्न साह्ै समस्या भइरहेको थियो तर पनि उनी आँखाको इसारा र हातले इसारा गर्थिन् । संगिताको आँखामा एसिड परेका कारण दुई दिन पछि बल्ल खोल्न सकेकी थिइन् । उनको आँखाको पनि छुट्टै उपचार भइरहेको छ । मुहार पुरै डढेको छ । छाती र हात समेत तेजावले डढेको छ ।
 |
विर हस्पीटलमा सिमा बस्नेत । सिमाका आमा,बुवा हुनुहुन्न । हजूर आमा र हजूर बवासँग बस्दै आएकी थिइन् । |
दिनुहँ विभिन्न संचार माध्यमका व्यक्तीहरु आउ, जाऊ भइरहने हुनाले पनि होला उनको सामु नबोल्न डाक्टर अनिशा तिवारी जो उनको नियमित उपचारमा खटेकी छिन् अनुरोध गरिन् । संगिताकी आमाले औषधी आँखामा राखि दिएपछि म एक छिनमा आँउछु भनेर चमेलीसँगै बाहिर निस्क्यौ । अर्को कोठामा गयौ । चमेली छोरीको आइतबार बिहान ६ बजेको घटना सोच्न थालिन् । आँ भरी आँसु र उनका हा काम्न थाले । “ छोरी अत्तालिएर घरमा आइन् । मम्मी ति अपराधीलाई नछोड्नु , तिनीहरुले मेरो जीन्दगी बरर्वाद पार्यो यती भन्दै ढलीन् ,तिनीहरुलाई नछोड्नु मम्मी” भनेको मात्र याद छ । त्यसपछि छोरीले बोल्नै छोडिन् । त्यसपछि संगिताको मुखमा पानी खन्याइन् र विर अस्पताल पुर्याइन । त्यहाँ उपचार असम्भव भनेपछि सिनामंगल स्थित केयमसीमा भर्ना गरियो । संगिता जेठी छोरी हो । कान्छो छोरा हो जो स्कुल जादैन । संगिता पढ्न पनि ठिकै हुन् । उनी कक्षा ९ मा फेल भएपछि अहिले २ वर्ष देखी झोछेमा ट्यूसन पढ्दै आएकी थिइन् । आमा चमेली मगर र बुवा प्रेम मगर भोजमा गएर भाँडा माझेर घरको गुजारा टारिरहेका छन् । १२ वर्ष अघी रामेछापमा अरु झै उनीहरुले पनि सुनौलो सपना बोकेर राजधानी छिरेका थिए ।
 |
सिमा बस्नेत र संगिता मगरमाथी भएको एसिड प्रहारको विरोध गर्द युवतीहरु |
उनले भनिन् यस्तो होला भनेर कहिले सोचेनौ तर आज यो अवस्था भोग्नु पर्यो । छोरी घर देखी पनि बाहिरै कहि जादैनथ्यो । ट्यूसन , स्कुल र घर । साथीहरु पनि उसका कोही थिएनन् । छोरोको चिन्ता लाग्थ्यो एकदमै घुम्थ्यो छोरीको कहिले पिर लागेन तर आज छोरीको यस्तो अवस्था हुदा केही चेत आएको छैन । छोरीको उपचारलागी पनि चिनेका साथी भाई र छिमेकीले अहिले ऋण सहयोग गरेका छन् । चमेलीले रुदै भनिन् “ कसैले कती ४ हजार कसैले हजार गरेर ५० हजार ऋण दिएका छन् । यसमा अब ४ हजार मात्र बाँकी छ ” अझै धेरै छ । नानीको उपचार । डा अनिाका अनुसार २८ दिनमा उनको छालाको पत्र निस्कन थालेपछि उनको प्लास्टीक सर्जरी के गर्ने भनेर थाहा हुन्छ । अवस्था अनुसार अनुमानित २ लाख रुपैयाँ सम्म खर्च हुने बताइन् ।
.JPG) |
सिडियो कार्यालय बबरमहल अगाडी विद्यार्थीहरु धर्ना दिदै |
आफ्नो र छोरीको आत्म सम्मानका लागि जुध्ने ति मगर दम्पत्ती कसैले आफै सहयोग गर्छौ भनेर दिएमा ठिक छ । मेरो छोरीको उपचार गराई देउ भनेर माग्न कही जादैनौ ” । आफै ऋण गरेर काम गरेर उपचार जुटाउने प्रयत्न गर्छैा चमेलीले अस्पतालको प्यासेजमा बसेर रुदै भनिन् । मलाई एक चोरी ति अपराधी को हुन् देख्न पाए नि हुन्थ्यो ः सोध्ने थिए मेरो छोरीले के बिगारेको थियो ? कसरी यसरी मुखमा तेजाव फ्याक्यो मेरो फुल जस्ती छोरीमाथी ? के ति अपराधी पक्रेलान् र ? पुलीसले के गरिरहेको छ थाहा छ तपाईहरुलाई ? भनेर हामीलाई प्रश्न माथी प्रश्न गरिन् ।

संगितासँगै घाइते भएकी सिमा बस्नेता (१५ ) को बिर अस्पतालमा उपचार भइरहेको छ । उनी पनि अपराधीलाई छोड्नु हुदैन । सजाय पाउनै पर्छ भनीरहेकी छिन् । तिनीहरुलाई जसरी नि पक्रनु पर्छ । पछि कसैको छोरीहरुले यस्तो दिन भोग्नु नपरोस् । अहिले सजाय पाएनन् भने फेरी अपराधीहरुको साहस बढ्छ भन्दै उनका आँसु थामिएका थिएनन् । चमेलीकी छिमेकी नरुनु केही खानुस् । तपाईको मुहार खुशी भए पो छोरी पनि खुशी हुन्छे भनेर सम्झाउदै थिइन् । चमेलीसँग कुरा गरी सकेपछि पुनः संगितलाई भेट्न भित्र गए । संगिता आँखा खोलेर माथी हेरी रहेकी थिइन् । निस्कदा तिमी चाडै निको हुन्छौ संगिता भनेर उनको पट्टी बाधेको माथी हात राख्दा उनले एकहोरो हेरी मात्र रहिन् । सायद हजारौ सपना र आफ्नो विवसताको थुप्रो आँखा भरी संगाल्दै हामीसँग प्रश्न गरे होलिन् के म पूर्ण रूपमा पहिलाको संगिता भएर पढ्न सक्छु ? घरमा आमालाई सघाउन सक्छु ? के म मेरो संसार फेरी सजाउन सक्छु ?

हामीसँग पनि जवाफ थिएन । सायद संगिता तिमी एउटा सम्पन्न घरको व्यक्तीको घरमा छोरी भएर जन्मेको भए, सायद तिमी राजनीतिक पार्टीका प्रमुखको घरमा छोरी भएर जन्मेको भए कसैले तिमीलाई माथी अत्याचार गर्ने आँट गथ्र्यो गरेको भएपनि अहिले सम्म तिम्रा ति अपराधीहरु पक्री सक्थ्ये होला र तिम्रो उपचारका लागी उपचार खर्च जुटाउन पनि तिम्रा आमा बुवा झै विवसताको पोखरीमा डुवुल्की मार्नु पर्दैनथ्यो होला ।
हनुमान ढोका नजिकै , जनसेवा प्रहरी नजिकै मुखमा नकाव लगाएर एसिड प्रहार गर्ने ति समान्य अपराधीहरुले पनि सुरक्षा माथी प्रश्न चिन्ह लगाएर भागेका छन् । यो एसिड प्रहार समान्य मगर, बस्नेत परिवारमा जन्मेकी सिमा बस्नेत र संगिता मगरमाथीको प्रहार होइन । यो सम्पूर्ण नेपाली छोरी माथीको एसिड प्रहार हो । जो समान्य देखिने तर सर्जरी प्रश्चात पनि जीवनका प्रत्येक पलमा बाचेर मारी रहने हुन्छ । अहिले सचेत भएन भने यो शैली सिको गर्नेको साहस बढी रहने छ ।
http://www.himalkhabar.com/?p=95706
Comments
Post a Comment
Thank you for watch.