मरेर पनि रुन नपाएकाहरु



 
सात दिन पछि ५ घण्टा हिडेर आफ्नो बहिनीलाई अस्पताल ल्याउदै
 ए काठमाण्डौ ! तिम्रो छातीमा बसेकाहरुलाई तँ गुनासो गरेर पनि सुनीदिने मान्छेहरु प्रसस्तै छन्  बुझीदिने सहयोग गर्न आउनेको ताती लागेको
काठमाण्डौ तँलाई के दुखेको ?
जति सिन्धुपाल्चोक जिल्लाका दूर्गम गाँउहरुका आफन्त विलिन भएको माटो खसेका पहराहरुमा जीवित मृत मान्छेहरुका आफन्तलाई दुखेको तिमीलाई के थाहा काठमाण्डौ सयौ लास एउटै ठाँउमा कुहिएर जति दूगन्धीत भएका छन् ति दूर्गम गाविसहरु
अब भुईचालो को होइन, महामारीको डर दिन देखि आफ्नो छोराको लास वा स्वासको खोजीमा खेतको डिलमा बसेर रोइरहेकी ति आमाको छाती दुखेको पीडा सुनिदिने पनि को ?
दिनपछि गायत्री परिवा, सिस्नो पानी, हिसानको सहयोगमा पुगेका डाक्टरहरुसँग भाँचिएका हातहरु ल्याएर आएका आमाहरुको व्यथा
सात दिनसम्म पनि छोराको लास नभेट्टाएपछि खेतको डिलमा बसेर रुदै एक आमा
 बिरामी बोक्ने काँध पनि छैनन त्यही भएर तँ कान्छी माया तामाङ माङखा बाट एक्लै आफ्नो भाँचिएको हातमा माटो लगाएर आएकी थिइन् भन्दै थिइननानी मेरो बुढा भत्कीएको घरबाट बल्ल बल्ल निकाले पुरै शरिर चल्दैन थला परेको
खेतको डिलमा सुताएर यहाँ मेरो हात प्लाष्टर गरि दिन्छन् कि सिन्धुपाल्चोक जिल्लाका माङखा, घुम्थान, मानेश्वरा, गाथी, बाह्विसे, राम्चा, कर्थली लिस्थी खान भन्दा पनि उनीहरु बास वस्नका लागि पाल मागी रहेका थिए
भाँचिएका हात लिएर तँ जसरी त्यसरी डाक्टर भएको ठाँउमा दिनपछि सडक छेउमा पुगेका थिए तर खुट्टा भाँचिएकाहरु सडक छेउमा समेत पुग्न सकिरहेका थिएनन् भूईचालोमा आफन्त मरेर गएको उनीहरुको पिडा तँ छदै थियो तर सात दिनसम्म उपचार नपाएर डाक्टर भएको ठाँउमा कुद्न पनि नसकिरहेको अवस्था थियो
माङखाबाट दिनुहु पुष्पा लामोसाँघु सडक छेउमा आउछिन् कोही पाल ल्याएर आँउछन् कि भनेर तर सबै सडक नजिक आँउछन् राहत बाडेर जान्छन् भन्दै थिइन् नानी त्यहाँ हो मेरा घर दुई डाँडा पारी देखाइन् तिमी त्यहाँ गएर हेरी देउन हाम्रो अवस्था


अनि भनी देउ हामीलाई भोट माग्नेहरुलाई कस्तो भनेर भन्दै थिइन् कोही आएन यहाँ हाम्रो कुरा सुन्ने घरबाट तातो पानी बोकेर त्यहाँ गएको थिए तर ति साना बालबालिका तिर्खाएका ओठहरु भोकाएका मुहार देख्दा पानी समेत पिउन सकिन
जब तिनीहरुले सिस्नो पानी, गायत्री परिवार हिसान एन प्याव्सनले दिएको खानेकुरा पाए उफ्रिदै खुशी हुदै थिए मार्मिङ गाविस तातोपानी जहाँ पहिरो गएर त्यहाँ पुग्नको लागि बाटो समेत छैन कति मरे थाहा छैन
तातोपानी माइतीघर गएका विवेक श्रेष्ठ उनकी पत्नी कामना श्रेष्ठले भाग्यले बचायो भन्दै दिनपछि रातदिन हिडेर जङ्गलै जङ्गल लामो साँघु पुगे भन्छन्लास बाटो बाटोमा गन्ध आइरहेका छन् तातोपानी जादै गर्दा भुईचालो गयो ७० जनाको समूह चाकु महभिरमा पुरिएका आफ्नै आँखाले उनले देखे
कोही छैन त्यहाँ पुग्न पनि असम्भव लास माथि टेकेर हामी भागेका हौ अहिले पनि सम्झन गाह्रो भईरहेको थियो सरकार नपुग्न सकेको ठाँउमा सहयोगी हातहरु पुगेका छन् सबै ठाँउमा सरकार पुग्ने अवस्था पनि छैन भन्न चहान्छु सरकार अनियमितता हुन्छ भन्दैमा नबाध सहयोगी हातहरु
सरकार नपुगेको ठाँउमा हाम्रै नेपाली दाजु, दिदी बहिनी पुगेर बाढिरहेका छन् त्यो सहयोग रोक्नु भन्दा देशको अस्मीता माथी खेल्नेहरुलाई रोक् किन भने सरकार नपुगेको ठाँउमा हाम्रै नेपाली दाजु ,दिदी बहिनी पुगेर सहयोग गरिरहेका छन्

Comments