http://www.himalkhabar.com/?p=101648
यत्रो विपत्तिका बेला
एकअर्कालाई सहयोग गर्नुपर्ने बेला
पाएसम्म आफैं खाने र
नपाए लुट्ने प्रवृत्ति देख्दा
मन खिन्न भयो
।
दोलखाको सदरमुकामकै बस्ती
बहिर र नक्छे
टोलका भूकम्प पीडितले राहत
नपाएको, बालबालिका बिरामी
पर्न थालेको खबर
पाएका हामी सात
जना साथीको समूह
केही सामान लिएर
त्यसतर्फ गयौं ।
दिनभरको झरीसँगै लागेको
तुवाँलोले गाडीको तिव्रता सीमित
बनायो, दोलखाबजार पुग्दा
रातको ११ बजिसकेको थियो
। साथीहरूले आफ्नै
खर्चले ४० थान
पाल, प्राथमिक उपचारका केही
औषधी, चिउरा, महिनावारी हुँदा
प्रयोग गर्नेे कपडा
लगायतका सामान जुटाएका थिए
।
दोलखबजारकै आदर्श
प्रधान पनि सँगै
थिए । भूकम्पले भत्काएको उनको
घर छेउमा टांगिएको पालमुनि बास
भयो हाम्रो पनि
। धर्तीमा आइरहेका स–सना कम्पन र
आकाशको गडयाङगुडुङले रातभर
तर्साइरह्योे ।
विपत्मा पनि धैर्य र मुस्कान
विहान
देख्यौं, दोलखा बजार नजिकका
बस्तीमा एउटै घर ठडिएका
थिएनन् । बहिर
र नक्छे टोल
ध्वस्त थिए ।
त्यही विहान भेट
भएका जिल्ला रेडक्रस सोसाइटीका सभापति
टीकानारायण प्रधानले भने, “सदरमुकामकै जनताले
राहत पाएका छैनन,
दूरदराजमा के अवस्था होला
?”
सानो
हेलिकप्टरमा पर्याप्त सामग्री नअटेपछि राहत ओसार्न प्रयोग
गरिएको अमेरिकी सेनाको
भी–२ ओस्प्रे ‘ल्याण्ड’ गर्न
लाग्दा जिल्ला प्रशासन कार्यालयको आगँनमा
थुपारिएका सबै जस्ता पाता
उडाइदिएछ । त्यही जस्ता
ठोकिएर कार्यालयको सिसा
फुटेछ ।ओस्प्रे फर्किएपछि अर्को
पटक आएन
करीब
५० हजार घर
रहेको दोलखाका अधिकांश घर
बस्न नमिल्ने अवस्थामा छन्
। धेरैजसो भत्केका छन्,
ठडिएकामा पनि बस्न नमिल्ने गरी
क्षति पुगेको छ
। जिल्लाभर जम्मा
चार हजार मात्र
पाल बाँडिएको छ
।
“राहत पनि
टाठाबाठाले मात्रै पाए, हामीले
पाएनौं, अब समूह
बनाएर लुट्नुपर्छ”, बिहानै
चियापसलमा अधवैंशे र बुढापाकाबीच यस्तो
संवाद सुनेका थियौं,
दुई दिन पहिले
एक समूह खुकुरी
लिएर राहत सामग्री लुट्न
आएका रहेछन् ।
सरकारी
र गैरसरकारी तबरबाट
गएको राहत पीडितहरूमाझ समानुपातिक रूपमा
वितरण नहुँदा यस्तो
अवस्था आए होला
भन्ने अनुमान गर्यौं । तर,
कतिपय ठाउँमा भने
जम्मा गरेर राख्ने
प्रवृत्ति पनि देखियोे ।
बाटोमा
देवलक्ष्मी श्रेष्ठ (७५) भेटिइन् ।
भनिन् “न सोध
नानी, अहिले पनि
डर लाग्छ ।
घर पूरै भत्कियो ।
अन्न, लत्ताकपडा, भाँडाकुँडा सबै
पुरिएका छन् । भित्र
छिर्न पाइएको छैन
। यहाँ खुला
आकाशमा बस्नु परेको
छ ।”
काठमाडौंबाट आउने
इञ्जिनियर नातिनीको प्रतिक्षामा रहिछन् उनि ।
आफ्नो ध्वस्त घर
देखाउँदै भनिन्, “ऊ त्यही
हो गर्लम्मै ढल्यो,
सबै पुरियो, सँधै
यस्तै त रहँदैन
।” हाँस्दै थपिन
“अब नातिनीले बनाको
राम्रो घरमा बस्ने
हो ।” हामीलाई पूरै
गाउँ घुम्न हतार
भएकाले उनले गरेको
चियाको अनुरोध भने
स्वीकार्न सकेनौं ।
भुइँचालोको पहिलो
धक्का आएको १५
दिनपछि पनि १७
परिवारका ४० जना एउटै
पालमुनि बसेका थिए ।
कहिले वर्षा हुने
कहिले घाम चर्कने
मौषमले पनि धेरै
बालबालिका र किशोरकिशोरी बिरामी
परे जस्ता ।
धेरैले
ज्वरो आउने र
टाउको दुख्ने समस्या
सुनाए । किशोरीहरूमा अझ
फरक खालका समस्या
थिए । “पैसा
घरभित्र पुरएिको छ, हामी नछुने
हुँदा प्याडसमेत किन्न
पाएका छैनौं”, निकिता
भन्दै थिइन् ।
४०–५० परिवार
रहेका बहिर र
नक्छे टोलमा सबैका
घरमा अन्न पुरिएको थियो
। खानेकुराको अभाव
थियो ।
टाठाबाठा एकै
परिवारकाले राहत बाँड्नेबाट ३/४ वटा पाल
लिएका थिए ।
अधिकांश खुल्ला आकाशमुनि थिए
।
हाम्रो टोली
पूरै गाउँ घुमेर
राहत नभई नहुने
अवस्थामा रहेका परिवारलाई पखाली
बजारको छेउमा रहेको
सिंग वन नजिक
बोलाएर बाँड्यौं ।
राहतमा
केही ठूलो चिज
थिएन । तर
सबै गुमाएका पीडितलाई थोरै
राहतले पनि खुशी
र ढाढस दिंदो
रहेछ ।
लुट्ने
र बढी लिने
जस्ता केही अपवादलाई छोड्ने
हो भने हामी
विपत्मा पनि धैर्य नगुमाई
मुस्कुराउन सक्दा रहेछौं भन्ने
पनि देखियो ।
Comments
Post a Comment
Thank you for watch.