कहिले मैले उसलाई हिडाए, कहिले उसले मलाई हिडायो


photo by Google 

यो राजधानी छिरेको उसलाई ठिक आठ वर्ष भयो । यो आठ वर्षको अन्तरालमा के पाए ? के पाइन ? उसले कहिले हिसाव किताव राखिन । नयाँ बानेश्वरमै बसेर उसले मात्र कती गर्न सकिन् । यो हिसाव भने छ । राती होस् वा दिउसो ति सडकका प्रत्येक गल्ली आफ्नै लाग्छन् । घर छाडे देखी तिमीसँग यती धेरै माया बसेको रहेछ छोडेपछि मात्रै थाहा पाए ।
सधै हिड्ने बाटो परिर्वतन गरेर अर्को बाटो शुरु गर्न एकदमै गाहे हुदो रहेछ । सबैका हकमा यही हुन्छ । विर्सेर फेरी त्यही पुरानो बाटो पुग्छु र आधी बाटो बाट फर्कन्छु । “एँ म तँ अर्के स्थान पो जाने हो । फर्कन्छु र नयाँ वासको तर्फ लाग्छु । मन भारी भएर आँउछ । आँखामा आँसु आँउछ । आँखाकै परेलीमा लुकाउछु ” । यस्तै हो सोच्छु र भन्छु  कहिले मैले समयलाई हिडाए, कहिले समयले मलाई हिडायो । आँसुका बिचमा हाँसो आँउछ । स्कुटर घुमाउछु र खुशी हुन्छु । बानेश्वरको पिपल बोट मुनी उनले मलाई सुनाईन् ।
अहिले पनि सम्झन्छु ८ वर्ष अघी राजधानीमै बसेर काम गर्ने भनेपछि बाबाले बबरमहलमा कोठा खोजीदिनु भयोे । त्यसपछि ८ वर्ष सम्म ५ पटक सम्म कोठा सारे तर त्यही क्षेत्रको पेरीफेरीमा घुमी रहे । बाबाले घर जानु अघी मलाई नयाँ बानेश्वर हरेक सुविधाका लागि सुरक्षीत छ र सबै ठाँउको गाडी पाँउछ भनेर सिकाउनु भएको थियो । त्यसैले पनि होला मलाई घर जस्तै लाग्थ्यो । मेरो मानसपटलमा यही ठाँऊ सुरक्षीत जस्तो लाग्थ्यो ।
बाबासँगै पहिलो पटक नयाँ बानेश्वर देखी हिडेर बत्तीसपुतलीमा रहेको किशोर नेपालको अफिस सेन्टर फोर प्रोफेशनल जर्नालिजम स्टडीजमा  आए । किशोर सरले महेन्द्रनगर गएको बेला मलाई २ पटक बोलाउनु भएको थियो । तेस्रो पटक बोलाउदा म राजधानी आए । मलाई राजधानी आउने इच्छा थिएन तर समयले मलाई आफुसँग हिडायो र म आए । सायद अहिले लाग्छ । किशोर सरले मलाई नबोलाएको भए म राजधानी आउने थिइन । पत्रकारितामा यती धेरै कुरा सिक्ने पनि थियन होला । मैले सरको अफिसमा रेडियो  रिर्पोटिङ्ग गर्ने, कार्यक्रम प्रस्तुत गर्ने र टेलीभिजन कार्यक्रम मत–अभिमत र राज्यको रुपान्तर एडिटिङ्ग गर्ने काम गरे ।
बाबाले मेरो हात समातेर मलाई नयाँ बानेश्वर देखी बत्तीस पुतली सम्मको बाटो चिनाउनु भएको थियो । बाबा चहानु हुन्थ्यो । मेरो छोरी यो बाटो आफै चिनोस् तर मलाई सबै बाटो एउटै लाग्थ्यो । बाटो बिर्सन्थ्ये । जुन अहिले पनि बिर्सन्छु । बाबाले भन्नु भयो “हेर ठुलु आफु हिड्ने बाटो मात्र याद गर अनी अफिस देखी घर । घर देखी अफिस पुग्न सजिलो हुन्छ ” । अहिले म त्यही सम्झन्छु । आठ वर्ष अघी घर छोडेको पिरले १ वर्ष सम्म दैनिक अफिसको विदा भएपछि रुन मात्र आउथ्यो । भाइ,बहिनी, साथीहरु ,बाबा,मम्मीको याद आउथ्यो तर कहिले देखाईन । । घरको याद आउथ्यो आफुलाई बिहान ७ बजे देखी राती ८,९ सम्म पनि अफिसको काममा व्यस्त राख्थ्ये । समयसँगै राजधानीलाई मन नपराउदा पराउदै पनि मन पराउन थाले ।
पिपलबोट निर उनले मलाई भनिन् “म यो ठाँउ छोडेर आँउछु आफ्नै घर छोडे झै लाग्छ । साथीहरु त्यही चौतारीमा छोडेर म अगाडी बढ्छु । के बिर्से बिर्से जस्तो लाग्छ । स्कुटर अगाडी बढाउछु तर बाबाले मलाई हात समातेर चिनाएको बाटो छोडेर अगाडी बढ्छु । लाग्छ बाबा अब म बाटोहरुमा एक्लै हिड्न भैसकेछु । हजूरले हात समातेर देखाएका बाटो पार गरेर अहिले तँ धेरै अप्ठ्यारा बाटो र गल्लीहरु छिचोल्दै गन्तव्यमा पुग्छु  ” ।
(यो मनको भाव उनले पिपलको बोट मुनी आफ्नै प्रतिविम्वसँग बसेर ति प्रत्येक छोरा र छोरीलाई सम्झिेर ऊ लेखी रहेकी थिइन् । कोही सपनाको शहरमा आफ्नो भविष्य उज्जवल बनाउन छिरे । कोही आफ्नो परिवारका लागि केही गर्छु भनेर घर छाडेर हिडे र यो राजधानीमा सुविधाका नाममा जुकाले झै रगत चुसीरहेका केही घरबेटीका घरमा बसी रहेकालाई सम्झेर लेखी रहेकी थिइन्।

Comments