सोमबार अहिले रातीको ८ बजीरहेको छ । आमा छट्पटी भो । स्वाश लिन गाहे भइरहेको छ । दुवै आँखा इन्फेक्शन भएर आँशु हो वा रगत हेर्न सकिन । रुमाल रातो भएको थियो । अस्पताल गएर घर पुगे । एक सय ३ डिग्री पुगेर काप्दै गरेको ज्वरो यो भावना लेख्दै गर्दा कम हुदैथियो तर हाम्रो देशको १ सय ५ डिग्री भन्दा माथी पुगेको ज्वरो कम हुने आशा कुर्दै छु आमा ।
तिमीहरुसँग रगतको साइनो होइन । मेरो तिमीहरुसँग भावनाको साइनो हो । भन्छन् कहिले काही रगतको साइनोले नखेलेको भूमिका भावनाको साइनोले खेल्छ । जुन स्वच्छ भावनाको प्रमाण म सुदूरपश्चिम, मध्यपश्चिम र पूर्वका कुना कन्दरा घुम्दा बुझेकी छु । पिडा हुदाँ जनयुद्धकालमा लागेको कर्फयू होस् , थारु समुदाय, मधेशी समुदाय होस् वा पहाडी समुदाय सबैको पिडामा आँशु नै बग्थ्यो । सबैका आँशुको स्वाद नुनिलो नै आउथ्यो । ति पिडाहरुको मेरो क्यामेराले मैले समानताका साथ कैद गरे । मेरो कलमले पनि तलमाथी गरेन । थहा छ ? जब म १० वर्ष अघी मधेशका मुशहर समुदाय होस् वा सुदूर पश्चिममा रहेका थारु समुदायमा जादा मलाई कहिले छि छि दूरदूर्र गरेन । माघी आउथ्यो । हामी ढिक्री खान जान्थ्यौ । हामीसँगै होली मनाउथ्यौ । मधेशी समुदायमा रिर्पोटिङ्गका क्रममा जादा उनीहरुले जे खान्थ्ये त्यही हामी खान्थ्यौ । उनीहरु जे मा सुत्थ्ये हामी पनि त्यसैमा सुत्यौ । कहिले उनीहरुमा साम्प्रदायिकताको आक्रोश देखेनौ । । सानो छदा मेरो बाल्यकाल टिकापुर र कैलालीमा बित्यो । जब ठुली भए कंचनपुरमा पुगे । म आठ वर्षकी छदाँ अहिले पनि याद छ मनहरा नदीमा हराउदा एक जना चौधरी दाईले मलाई बचाएको । उनीहरुले कहिले मलाई त पहाडीया भनेर नदीमा डुव्न भनेर छोडेन ।
तर सोमबार भाद्र ७ गतेको दृष्यहरु कहिले नसोचेको भयो । रगतको खोलो बगेको कालो दिन भयो हाम्रो देशका लागि । ए सरकार ! तलाई थाहा छ ? अहिले सत्तामा आफ्नो कुर्चीको लागि हाम्रो टुक्राटुक्रा गरिरहेका राज्यका ठेकेदार हौ भन्नेहरुले हाम्रो न्यावरनको नाम पहाडिया, मधेशी, जनजाती, मगरात, खुम्बुवान,लिम्बुवान र थरुहट (धेरै नाम याद पनि गर्न सकिन ) को छाप लाउदै छन् । हाम्रो भावनाको साइनोमा मोलमोलाई गर्दैछन् । ए ठेकेदारहरु तिमीहरुलाई थाहा छ ? ति सोझा जनताहरुलाई कहिले बुझायौ संघियाताको परिभाषा ? उनीहरुलाई तिमीहरुले आफ्नो चालको मोहोरा मात्र बनायौ । पत्यार लाग्दैन भने आन्दोलन चर्काउनु भन्दा एकपटक सोधे हुन्थ्यो । तिमीहरुले तोक्दै गरेका जुनसुकै वानमा जादा पनि उनीहरुले नेता प्रतिको आक्रोश र प्रश्न राख्थ्ये सरकार । जुन प्रश्नको जवाफ थिएन । अहिंसाको बाटोबाट शिक्षीत भएको मेरै आँखाले देखेको छु । म सुदूरपश्चिममा एक्लै रिर्पोटिङमा हिड्दा थारुकै छोराहरुसँग हिड्थ्ये । जनजातीहरुसँग हिड्थ्ये । के अब हिड्न सक्छु ? सक्छौ भने रगतको खोलो बगाएर होइन राज्यका ठेकेदारहरु ? रगतको खोलो नवगाएर समस्याको समाधान गर ।
जुन माटोमा म निर्धक्क खेलेर हुर्के त्यहाँ प्रह्रीलाई जिउदै जलाईयो । त्यहीका स्थानियको रगतको होली खेल्न लगायो । भाला, खुकुरी, बञ्चरो ल्याएर प्रहरीलाई काटे । विषालु सर्पबाट ज्यान जोगाउन तराईमा प्रयोग गरिने भालाले सोमबार ७ गते दिउसो प्रहरीलाई घोपेर मारे । खुकुरी जुन देशको शान मान्थ्यौ । उपहारको रुपमा विदेशीलाई दिन्थ्यौ तर त्यही खुकुरीले प्रहरीका आफन्त काट्यौ । ति अवोध वालकको के दोष थियो ? उसलाई तँ आमा र बाबाको माया मात्र थाहा थियो । राज्यका ठेकेदारहरुको संघियाताको किचलो थाहा थिएन सरकार । ति मैले देखेका मेरा साथीहरु, दिदीबहिनी, दाजुभाई,आमाहरुका हातले रगतको खोलो बगाएको होइन । मैले देखेका ति हात सधै सहयोगका लागि उठेका थिए । ति हातहरु सधै आँशु पुछ्न उठेका थिए । ति हातहरु डोर्याउनका लागि उठेका थिए । तिमीहरु जो भएनी जसका भरौटे भए नि तिमीहरुको पनि व्यर्थको रगतको खोलो वग्दै छौ । नभड्काउ हाम्रो साइनो । न फुटाउ हाम्रो मुटुहरु । त्यो कागजको नोटले यो ज्यान आउदैन ।
तिमीहरुलाई थाहा । हामीलाई पीर पर्दा नेता भन्दा पहिलो सुरक्षा निकाय हाम्रो आँशु पुछ्न हाम्रो आँगनमा पुग्छ । म इतिहासकी साझी छु र तिमीहरु पनि हौ । वैशाख १२ मा गएको विनाशकारी भुकम्प गएदेखी र पराकम्प गइरहदा उनीहरुले प्रभावित १४ जिल्लामा कहिले पनि मधेशी,पहाडीया,खुम्वुवान,लिम्बुवान, थारुहटका मान्छेहरुलाई बचाउनु हुदैन भनेर छानेन । भुकम्प अती प्रभावित ६ जिल्लामा भुईचालो जादा र ज्यानमारा पराकम्प आइरहदा नेपाल प्रह्री,शसस्त्र प्रह्री नेपाली सेनाले रातदिन खाना,पानी, पहिरो, हिलोधुलो नभनी गन्ध आएको लास भनेर भागेनन् । उनीहरु पहिरो खस्दा होस् वा एउटा मधेशी आमाको छोरालाई बचाउदा आँशु पुछ्दै उद्धार गरिरहेका थिए । म क्यामेरा लिएर ६ जिल्ला पुग्दा पनि मलाई पहाडिया र थारु समुदायको बिचमा हुर्केको भनेर कसैले हेपेन । मेरो निधारमा संघियाताको छाप त्यत्ती बेला राज्यका ठेकेदारहरुले हान्न सकेका थिएनन् । काठमाण्डौको गंगोवुमा होस् वा सिन्धुपाल्चोकको जनजातीलाई बचाउन संघियाता ,जातिया नहेरी, कालो ,गोरो,नाक चुच्चो, नाक नेप्टे, आँखा चिम्सो नहेरी उद्धार गरेको देखे ।
ए राज्यका ठेकेदारहरु तिमीहरुले देखेका छौ यि नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको जवानहरुको घरको अवस्था ? तिमीहरुले देखेका छौ तिमीहरुको घरको दास देखी देशको अहोरात्र ड्युटीमा खट्दाको पिडा ? तिमीहरु देख्दैनौ किन भने तिमीहरु सत्ताको लोपमा आफ्नो वास्तवीकता विर्सर्दै छौ ।
तिमीहरुलाई थाहा छ जीन्दगी भर सरकार र जनताको सेवा गरेका इन्सपेक्टर केशव बोहरा र बलराम बिष्टको रिटायर्ड हुने बेलामा परिवारकासाथ रमाइलोसँग बसेर खाने सपना जलेर गयो ? तिमीलाई थाहा छ जीउदै शरिरमा आगो हाल्ने र काट्नेहरु आमाले सन्तान जन्मउदाको पीडा ? सायद भएको भए आज कसैको सिन्दुर,कसैको बुवा,कसैको छोरा,कसैको प्रेमीलाई यसरी मार्थेनौ । सत्ताको ठेकेदारहरुले बाधी दिएको कालो पट्टीले केही देखेकनौ । ऊ बाबा आउने बाटो कुरीरहेकी छे । उ आफ्नो प्रेमीको फोनको घण्टीको पर्खाइमा छे । उ यसपालीको तिजमा लामो आयूको लागी व्रतको तयारीमा छे र भन्दै छे म आँउछु भन्दा भन्दै गयो । उ दशैमा बाबाले ल्याउने नानको आशमा बसेकी छे । ए सत्ताका ठेकेदारहरु भयो । अब नखेल रगतको होली । हाम्री आमा रगतको बदला रगत होइन शान्तिको भिख माग्दैछिन् । आमा भन्दै छे सत्ताको खतरनाक खेल निर्दोष जनतामा माथी नखेल । अब मेरो कोखमा रगतको खोलो होइन शान्तिको परेवा उड्न देउ भनी अनुरोध गर्दैछिन् ।

Comments
Post a Comment
Thank you for watch.