मृत्युले पनि स्वीकार नगरेकी पुजा

(पुजा त पुजिन पर्ने थियो तर उनी आफन्तबाटै लुटिइन्)
 ‘भविष्यका मेरा सपनाहरु धेरै छन् । ति धेरै सपना मध्ये कति सपना पुरा गर्न सक्छु थाहा छैन तर मैले साचेका सपनाहरु पुरा गरी नै छाड्छु ’ यि त्यही पुजा हुन् । जो २०७१ साल भदौ ८ गते धुलीखेल प्रहरी चौकीमा आफ्ना बुवाका विरूद्धमा वयान दिइरहेकी थिइन् ।
स्वर र ओठ कापीरहेका थिए । स्वास फुलीरहेको थियो । एक एक शव्द उनका ओठबाट अपत्यारिला रुपमा निस्कीरहेका थिए । भदौ ८ गते बुवाको मुख हेर्ने दिन थियो तर उनी मुख हेर्न तँ परै जावोस कहिले यो व्यक्तीको अवाज समेत सुन्नु नपरोस भन्दै प्रहरी सामु हात जोडी रहेकी थिइन् । उनमा डर पनि थियो कि फेरी पनि त्यही नरकमा पठाउछन् कि भनेर । पटक पटक भनीरहेकी थिइन्, ‘मलाई त्यहाँ नपठाउनुस्, अब मार्छन्, बरु म मलाई यही मारी दिनुस्’ ।
पुजा जब १० वर्ष कि थिइन् । पहिलो पटक हजुरबुवाले बलत्कार गरे । घरमा आमाले थाहा पाएर पनि थाहा नपाए झै गरिन् । बुवाले भने ‘आफुले फक्राएको फुल मैले नसुघे कसले सुघ्ङने ?’ यस्तो भन्दै पटक पटक बलत्कार गरिरहे । पुजा विगत सम्झन चहादिनन् तर पनि उनी जस्तै कहि कतै गुम्सेका आवाजहरुले न्यायका लागि आवाज उठाउनु पर्छ भनेर पुजा भन्छिन् । पुजा जव आफ्नै बुवाबाट बलत्कृत हुन्थीन् र भगवानको अगाडी गएर प्रार्थना गर्थिन । ‘भगवान म यो सहन सक्दीन । बुवाको स्वास्नी भएर बाच्नु भन्दा मलाई मारीदेऊ’ ।
उनले विष सेवन गरेर मर्न खोजिनन् तर मृत्युले उनलाई रोजेन । पुजालाई नयाँ जीवन दियो र उनले संघर्षको मैदानमा उत्रनु पर्यो । अन्ततः पुजा सफल भईन् । पुजा सहासी छोरी हुन् । त्यही भएर त आफ्ना लागि आफै न्यायको बाटो खोजिन् । आफ्नै छोरीलाइ बलत्कार गर्ने प्रकाश कार्की अहिले १८ वर्ष जेल सजाय भोगी रहेका छन् । जब पुजाले प्रहरीमा जाहेरी दिइन तव यिनका हजुरबुवाले बद्नामीका डरले २०७१ साल भदौ १० गते विष सेवन गरी आत्महत्या गरे तर प्रकाश भने प्रहरीबाट भाग्न सकेनन् । २०७२ साल मंसिर ७ गतेका दिन धुलीखेल जिल्ला अदालतमा जिल्ला न्यायाधिस ईश्वरराज आचार्यको इजलासमा पुजा कार्कीको माना चामल र अंश मुद्दामा फैसाला भयो । जसमा पुजाले प्रकाश कार्कीको ८ भागमा १ भाग पाउने भईन र २०७१ साल पुष ६ गते देखि २०७२ साल मंसिर ७ गतेसम्म उनले मासिक ३ हजारका दरले माना चामल पाउने निर्णय गरियो तर यो न्यायिक छैन । अहिले सम्म भएका निर्णयहरु कागजमा मात्र सिमित छन् । यि निर्दोष किशोरी पुजाले प्रकाश कार्कीको आधा अंश पाउनु पर्ने थियो । ‘न्याय भनेको न्याय हुन्छ’, पुजा भन्छिन्, ‘पैसाले मेरा ति दिनहरु फर्कदैनन् तर यो पनि उसको सजाय हो’ । उनको मनमा अहिले पनि आगो बल्छ । जव विगत सम्झीन्छीन् । पुजा भन्छिन्, ‘१८ वर्ष प्रकाशका लागि केही होइन भोली ऊ(प्रकाश) छुट्छ तर म मार्छु उसलाई ।’  
पुजाकी आमा,भाई र मामा अहिले पनि पटक पटक यो विषयलाई अगाडी नबढाउन खोजीरहेका छन् । पुजा हाल रक्षा नेपालमा आश्रय लिइरहेकी छिन् । पुजाको मुद्दा अगाडी नबढाउन अझै पनि करौडो रुपैयाको लोभ देखाई रहेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् ।  पुजाको परिवार अहिले पुनरावेदन अदालतमा गइसकेको छ ।
पुजा त पुजिन पर्ने थियो तर उनी आफन्तबाटै लुटिइन् । आफन्तले नै घरबाट निकाले । न्याय एकातिर  तर अब १ वर्ष अघिकी डराएर बस्ने पुजामा अहिले धेरै परिवर्तन आइसकेको छ । पुजा आफुमाथी आइपर्ने जुनसुकै परिस्थतीको पनि सामना गर्न सक्छीन् । पुजा अहिले निभेर र बलेको दिप हुन् । जसले अब अरुका लागि उज्यालो दिनेछिन् । 
https://www.youtube.com/watch?v=OcPkYvfdIho 

Comments