बोलीदिने कोही छैनः हाम्रै छातीमा नाच्छन्, हामीलाइ नै गोली ठोक्छन्

अहिले पनि सम्झना छ बनवासामा रिर्पोरिङ्ग गर्दा एसएसविले लखेटेको र धेरै समय खोजी पनि गर्यो । जव जव म भारतको बनवसा जान्थये । तव मलाइ सिमाका स्तभ्म र बनवसाबाट नेपाल तर्फ छोडिएको पानी बालुवामा सुक्दै गर्दा मेरो खुन उम्लीन्थ्यो । तर म रिसले चुर हुन बाहेक केही गर्न सक्थीन । हेर्यो फर्केयो । 

सुदूरपश्चिमको कंचनपुर,पुर्नवासका गोविन्द गौतमले दशगजाको विवादमा ज्यान गुमाउनु पर्यो । सिमामा बस्ने वासिन्दाले प्रत्येक दिन एसएसविको ज्यादती विरुद्ध लडिरहेका हुन्छ । जव कोही मर्छ । तव मात्र सुन्छ । सायद यो सरकार । कंचनपुरको सिमामा बस्ने प्रत्येक नेपालीले आफ्नो भुमीको टुक्रा मिचिनुको पिडा सहेर बसेका छन् । मान्छे मरेपछि पनि मृत शरिर जलाउन पाउदैन । छिन छिनमा नियम परिवर्तन हुन्छन् । जुन सर्व साधारणलाइ थाहा नै हुदैन । मरेको मान्छेको लास राखेर सडकमा घण्टौ कुरेर बस्छन् । तर पनि केह ीगर्न सकिदैन टुलुटुलु हेरेर बस्न बाहेक । कुन बेला उनीहरुको कृपा हुन्छ र मरेको मान्छेको लास जलाएर घर फर्केउला भनेर बस्नुपर्छ ।  कोही पिटिनिु, लुटीनु र गाली खानु नौलो कुरा होइन । स्वाभीमान त्यहाँ सायदै हुन्छ । 

एसएसविले खुलेआम बन्दुक बोकेर सिमा पार गरेर दादागिरी देखाउनु समान्य हो । अहिले पनि दशगजाको तस्वीर र दृष्यहरु मसँग छन् । दशगजाको बारेमा रेडियोका लागि रिर्पोटिङ गर्न जाँदा पनि यस्ता धेरै दृष्यहरु देखे । त्यसपछि मैले सिमा स्तम्भ र बनवसा जान छोडे । अहिले पनि कंचनपुर गएको बेला दोधारा, चाँदनी, पुर्नवास, बेलौरी, त्रिभुवनबस्तीमा देखेका दृष्य झलझली सम्झनामा आँउछन् ।

यो सिमाको विषयमा लेख्दा, बोल्दा न कसैले सुने, न त देखे । सुन्थ्ये तर अर्को कानबाट उडाउथ्ये । देख्थ्ये तर नदेखे झै गथ्र्ये । हाम्रा सिमाका पिडामा कसैले बोल्यो । त्यो मान्छे केही समय पछि चुप लाग्थ्यो । दशगजामा जमिनको टुक्रा मात्र मिचिएको छैन । धेरै छोरीहरुको इज्जत पनि मिचिएको, घर लुटीएको छ । बन्दुकको डरले चुप लाग्छन् । किन भने हाम्रो कोही छैन बोलीदिने । 

अचम्म लाग्छ । कुर्चीका लागि भने जो ,जहाँ भएपनि पुग्छन् । बोल्छन् । खुट्टा ढोग्नु परे पनि ढोग्छन् । तर किन बोल्दैनौ हाम्रो दशगजाका बारेमा । किन बोल्दैनन् हाम्रो भुमी मिचिदा । किन बोल्दैनन् छातीमा गोली लागेर सिमामा ढल्दा । किन बोल्दैनन् । यती हुँदा पनि हाम्रो बोलीदिने कोही छैन । गाग्रीमा पानी भरिए पछि पोखिन्छ ।  त्यही भएर होला गोविन्दले गोली खानु परेको ।



Comments