छाउगोठको बदलसँग लड्दै गरेका युवतीहरुको वृत्तचित्र


 Devaki Bist
कतिपय पटक फिल्म बनाउदा एउटा शसक्त  पात्र खोज्दैहिड्छु । यही शसक्त  पात्र खोज्नमा धेरै समय पनि बित्छ । परम्पराको जुन पिडा आफुले भोग्यो । त्यही परम्पराको नाममा त्यही  पीडा भोग्न अर्को पात्र तयार हुन्छ । एउटा परिवारमा आमाले जे भोग्यो त्यही छोरीले भोग्छे र बुहारीले पनि । यसको भनाई हो । सुदूर तथा मध्य पश्चिममा छाउ प्रथाको भइरहेको व्यापार । छाउको व्यापार म छाउ हुन शुरू भए देखि नै सुन्दै आएकी छु । छाउ गोठहरु भत्कदै गरेको देख्दै आएकी छु । काठमाण्डौ पुगेपछि छाउको नाममा कार्यक्रम, भत्ता र छाउगोठका डेमो देख्दै आएकी छु । तर छाउको घुम्टो जस्ताको त्यस्तै छ । छाउको घुम्टो ओडेर नै प्रत्येक वर्ष मृत्युको पहेलो कात्रो ओडेकै छन् । अहिले मात्रै छाउको घुम्टो ओडेर सुदूर तथा कर्णालीका चेलीले मृत्युको पहेलो कात्रो ओडेका होइनन् । यो पहिले देखी नै थियो । अहिले सुचना जगतले नेपालको कुनाकुनामा छोय्यो । जहाँ दुध पाँउदैन, पानी पाँउदैन । त्यहाँ रक्सी र चाउचाउ पाए झै अहिले त्यहाँ सामाजिक संजालमा जेलिएका पात्रहरु छन् ।

जसले पीडा भोग्छ । जसले त्यही बसेर क्रान्तीको शुरुवात गर्छ । त्यही मेरो लागि समाजको हिरो हो । मिस नेपाल हुँदैमा, अभिनेत्री हुँदैमा त्यही ठाँउको पीडा व्यक्त गर्नसक्छ मलाई कहिले लागेन । त्यही भएर मेरा हिरो,हिरोइन त्यही गाँउका विद्रोही पात्र भए । छाउकी पात्र खोज्दाखोज्दै धेरै समय बितिसकेको थियो । छाउ ? के हो ? गोठ के हो ? धेरै लामो समय बस्नेलाई मात्र थाहा हुन्छ । त्यसको विद्रोह के हो ? कसरी गर्ने त्यो गर्नेलाई मात्र थाहाहुन्छ । विद्रोह छिटा पर्नेलाई मात्र थाहाहुन्छ । यस्तै खोजीको क्रममा मेरो पात्र अर्थात मेरो धमिलो छाया मैले सन् २०१७ मा भेट्टाए । अछाम जिल्लाकी गाँउकी पत्रकार मेनुका । जसले काठमाण्डौलाई पनि बेला बेलामा भित्री पेजमा भएपनि ढक्ढकाइरहेकी हुन्थीन् । अछामलाई जुन छाउको दाग लगाएइको छ । त्यो दाग हटाउन स्वर्ण पदक ल्याउने युवतीहरुको खाँचो छ । जुन छाउ घर भत्काएर होइन । छाउघरलाई सच्चाएर मानसिक छाउगोठ भत्काउनु पर्छ । त्यसपछि मात्र छाउगोठ घर बन्नेछन् । हामी छाउ घर भत्काउछौ । त्यो छाउ घर भत्केपछि कहाँ बस्छन् ? के कल्पना गरेका छौ ? हामीले कहिले छाउ घर भत्काउनु पूर्व के उनीहरुको बस्ने घरको कल्पना गरेका छौ ? तिमी ति ब्राण्डेड छाउ प्रथाका विरोधी भन्दा लाखौ गुना माथी छौ ।सन् २०१७ देखि छाउका नाममा धेरै परिवर्तन आए । धेरै घाटमा पुगे । अहिलेसम्म पनि मेरो वृत्तचित्रको यात्रा जारी छ
 तिमी ति देखावटी विरोधी भन्दा धेरै अगाडी छौ । अबको केही समयपछि यही छाउको बादललाई फटाउदै ति दर्जानौ विद्रोही युवतीहरुको “छाउको बादल हटाउनेहरु“ का बारेमा वृत्तचित्र बन्नेछ । तिमीहरुको यो विद्रोहीको बादल फाटाउनका लागि यहाँ कुनै गैरसरकारी संस्था र सरकारी बजेटको ओइरो छैन । वृत्तचित्र बनाउने सपना देख्न सहज छ । त्यो गैरआख्यानमा डुवेर हिरा टिप्न धेरै गारो छ । जसरी विद्रोहीको बादल फटाउन समय लाग्दैछ । त्यसैगरी यो वृत्तचित्रको हालत पनि त्यस्तै छ । यो विषयमा धेरै वृत्तचित्र, बजेट चित्र बनेकाछन् । तर मलाई विश्वास छ । यो छाउ विद्रोहको बादल फटाउने पहिलो वृत्तचित्र हुनेछ । ति पहाड, ति रातविरात, त्यो जङ्गलका धेरै कथाको वास्तविक जीवन छ । अहिले मलाई गर्व लाग्छ ति मध्ये एउटा शसक्त पत्र मेनुकालाई रोजेर मैले गल्ती गरिन्  ।

Comments