A view over the COVID-19 by Photo Journalists |

फोटो पत्रकारका परिदृष्यमा कोभिड–१९ः एउटा तस्विरले हजार शव्द बोल्छ । एउटा तस्विर खिच्नेहरु फोटो पत्रकारहरुका कथा | 





उखान नै प्रख्यात छ “एउटा तस्विरले हजार शव्द बोल्छ” । तर यो हजार शव्द बोल्ने तस्विर खिच्न मेहनत गर्नेको कथा कसले बोल्छ र लेख्छ । उसका कथा बोल्न र लेख्न कि उसले आन्दोलनमा कुटाइ खानु पर्छ कि त उसले पुरूस्कार पाउनु नै पर्छ । उसमा फोटो खिच्ने तत्परता छ तर क्यामेरा छैन भने उसले आफ्नो पेशा अगाडी बढाउन सक्दैन । फोटो पत्रकारको आँखा नै क्यामेराको लेन्स हो । लेन्सबाट नै उसले आँखाले देखेका वस्तुलाई बोल्न सक्ने सिर्जन दिन्छ । फोटो पत्रकारले तपाई हाम्रालागि नयाँ नयाँ दृष्टिकोण सिर्जना गरेका सुन्दर दृष्य र समाचार मुलक तस्विर पत्रपत्रिका, अनलाईहरुमा देखीरहेका हुन्छौ । फोटो पत्रकारिता धेरै महङ्गो प्रविधी हो । त्यही महङ्गो प्रविधिको क्यामेराले बडो मेहनतका साथ खिचेको फोटो छापिदाँ फोटो पत्रकारले निकै सन्तुष्टि पाँउछ । जव उसले तस्विरले पत्रिकाको पहिलो पेज पाँउछ उसका लागि सबै भन्दा खुशीको दिन हुन्छ । अनलाईमा कभर तस्विर राख्नु उसले सिर्जना झनै तिखारिनु हो । फोटो पत्रकारिता गर्नको लागि आरामदायी भन्दा पनि एउटा पागलपन हुनुपर्दछ । फोटो पत्रकारमा धर्यता चाहिन्छ । अनि मात्र तपाईका लागि मन छुने खालको फोटो बन्ने गर्दछ ।
फोटो पत्रकारले देशमा जस्तो सुकै संकट आइपर्दा पनि दृष्य कैद गरेकै हुन्छ । नेपालका धेरै जसो इतिहास धेरै फोटोपत्रकारका क्यामेरामा कैद भएकै छन् । अहिले विश्व कोरोना भाईरसको महामारीमा छ । जसले गर्दा नेपालमा पनि बिस्तारै कोरोना संक्रमीतहरुको संख्या दिनप्रतिदिन बढीरहेको छ । यो अवस्थामा नेपालमा लक डाउन लगाएको छ । यो लक डाउनको समयावधी बढ्दै गइरहेको छ । यो कोराना भाईरस विश्वकै लागि चुनौतीको रुपमा खडा भएको छ । यस्तो अवस्थामा पनि स्वाथ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी फिल्डमा हिडेका छन् । संचारकर्मीमा सबै भन्दा पहिलो रेखामा दृष्य कैद गर्नेहरु छन् । जसलाई खतरा पनि छ । फोटोपत्रकारहरु भन्छन् “आन्दोलन, जुलुशमा फोटो पत्रकारलाई चिन्छन् र केहि गर्दैनन् तर अहिलेको अवस्थामा कोरोना भाईरसले कसैलाई चिन्दैन” ।यस्तो अवस्थामा पनि तपाई हाम्रो समस्या, सुविधा सबै सामु देखाईरहेका छन् । पटक पटक सरकारलाई घच्घचाई रहेका छन् । अहिले धेरै जसो फोटो पत्रकारहरुले खिचेका तस्विर नै समाजिक संजालमा भाईरल भईरहेका हुन्छन् । यही समयावधीमा कोभिड–१९ को परिदृष्य खिच्न हिडेको नेपालका केही फोटो पत्रकारहरुको अनुभवलाई समेटेर भिडियो तयार पारेका छौ । हामीले समयावधीका कारण धेरै फोटो पत्रकारलाई समेट्न सकेनौ ।

बाँकी भिडियो ...

Comments