जननेता मदन भण्डारीलाई चिन्ता थियो "महाकालीमा गुम्सीएका पिडाको "। पन्ध्र वर्ष अघिको वृत्तचित्र । महाकालीमा गुम्सीएका पिडा |



विस २०५० साल जेठ ३ गते आजकै दिन दासढुङ्गामा मदन भण्डारीको रहस्यमय जीप
दुर्घटना भएको थियो । भण्डारी र आश्रितको निधन भएको दिनको सम्झनामा हरेक
वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिदै आएको छ ।
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज
आश्रितको २७ औँ स्मृति दिवस आज शनिबार विविध कार्यक्रम गरेर मनाइने भएको छ ।
यद्यपी नेपालमा पनि कोरोना महामारीको अवस्थामा लक डाउन गरिएको छ । रहेको छ
। गरी मनाइँदैछ ।
मदन भण्डारीलाई महाकाली सन्धिमा नेपाल सिमाना मिचिदाँ हकहित हरण भएको बेला
स्थलगत अध्ययन गर्न सुदूरपश्चिम र भारतीय कम्यूनिष्ट नेताहरुलाई खबरदार
भन्न दिल्ली पुगेको सन्दर्भलाई प्रेस युनियनका किशोर श्रेष्ठले आफ्नो
फेसबुक मार्फत सम्झदै उल्लेख गर्नुभएको छ ।
जीप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो। यो घटनाको वास्तविक
कारण अहिलेसम्म बाहिर आउन सकेको छैन। भण्डारी र आश्रितको निधन भएको दिनको
सम्झनामा हरेक वर्ष जेठ तीन गते विविध कार्यक्रमको आयोजना गरिन्छ ।
दुर्घटनाका साक्षी रहेका जीप चालक अमर लामाको २०६० सालमा माओवादीले गोली
हानी कीर्तिपुरमा हत्या गरेपछि यो घटना थप रहस्यमय भएको छ ।
कांग्रेस सभापतिसमेत रहेका शन्तनेता कृष्णप्रसाद भट्टराईलाई ०४८ सालको
चुनावमा काठमाडौंबाट हराएर भण्डारी विजयी भएपछि ’टाइम’ म्यागेजिनले कार्ल
मार्क्स नेपालमा अझै जीवित छन् भनेर लेखेको थियो। भण्डारीको चर्चा संसारभरि
भएको थियो ।
मदन भण्डारीलाई जन नेता भनेर चिनिन्छ । जननेता मदन भण्डारीले त्यसबेला
संसारभरि डुब्न लागेको कम्युनिष्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा
लागेर बचाउन सफल भएका थिए ।
महाकाली नदी सेरोफेरोमा रहेर १५ वर्ष अघी विभिन्न कंचनपुर जिल्लामा सम्मेलन
भएको थियो । जहाँ विभिन्न सरोकारवालहरुको भेला भएको थियो । स्थानिय विकास
मंच (फोल्ड) मा ऋर्षीराज लुम्सालीको संयोजकत्वमा तयार पारिएको महाकाली नदी
सम्बन्धी वृत्तचित्र तयार पारिएको थियो । जसमा बलबहादुर डगौरा, ऋर्षीराज
लुम्साली, देबकी बिष्ट, गम्भीरलाल उराँव र विष्णु अवस्थी थिए ।


Comments