तपाईको सम्पर्कमा आएको व्यक्तीलाई कोरोना भए के गर्ने ? कोरोना ९५ प्रत...


यदी तपाई सामान किन्न जाँदै हुनुहुन्छ भने ९५ प्रतिशत कोरोना हावाबाटै सर्छ । प्लाज्माबाट कोरोनाको उपचार सम्भव छ । त्यसैले एचआईभी, हेपाटाईसिस भएका बाहेक सबैले प्लाज्मा दिन मिल्छ । आफु संक्रमण भएको मान्छेको सम्पर्कमा आएको छ भने के गर्ने भन्ने बारेमा हेम्स अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीले दिनुभएको टिप्स बारेमा चर्चा गर्दैछौ । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन उच्च गतिमा बढिरहेको छ । अहिलेको अवस्था भनेको हाम्रोलागि धर्य र मानवता नगुमाउनु पर्ने अवस्था हो तर हामीले अहिले मानव धर्म नै गुमाईरहेका छौ । कोरोना संक्रमीतहरुबाट सजग रहने हो । संक्रमीत भइहालेमा घृणा र समाजमा एक्लाउने होइन । अहिले हामीले डाक्टर, नर्स प्रति र उनीहरुको परिवार प्रति जुन व्यवहार देखाईरहेका छौ । भोली तपाई पनि संक्रमीत हुने अवस्था आउन सक्छ । त्यसैले हामीले डाक्टर, नर्स, प्रहरी, पत्रकारलाई हेला होइन सम्मान गरौं । विशेषयज्ञका अनुसार नेपालमा तिहारसम्म एक लाख कोरोना संक्रमीत पुग्ने सचेत भएका छन् । तिन महिना अघि श्रावण महिना सम्म ३० हजार कोरोना संक्रमीत पुग्ने भनेर जनस्वास्थ्य विज्ञ रविन्द्र पाण्डेले भन्नु भएको थियो । जुन आज आएर भाद्र बुधबार १० गते सम्म संक्रमीतको संख्या बढेर ३३ हजार भन्दा बढी पुगीसकेको छ भने मृत्यु हुनेको संख्या १ सय ६४ पुगेकाछन् । जसमध्ये मृत्युभएपछि करिव ९० जनाको मृत्युपछि मात्रै कोरोना पोजेटिभ पत्ता लागेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार संक्रमितको आधारमा नेपाल विश्वको ६६ औं स्थानमा छ । मृत्युको हिसाबले हेर्दा भने नेपाल विश्वमा ९७ औं स्थानमा छ ।
अब यो बिचमा काठमाण्डौ उपत्याकामा ललितपुर,भक्तपुर र काठमाण्डौमा दैनिक सय भन्दा बढी कोरोना संक्रमीत देखिरहेका छन् । सरकारले अहिले एक हप्ता गरेको निषेधज्ञा पुनः भाद्र १७ गते राती १२ बजेसम्मका लागि बढाएको छ । तथापी कहाँ कुन व्यक्ती संक्रमीत छन् भन्ने तपाईहामीलाई थाहा हुँदैन ।
यस्तो अवस्थामा तपाईहामी मध्ये कसैले भेटेको मान्छेलाई संक्रमण भयो भने के गर्ने भन्ने यो विषयमा प्रष्ट हुनुपर्दछ कतिपय पटक सामाजिक कामहरूमा निस्कनै पर्ने हुनसक्छ । उच्च जोखिमका बीच बाहिर निस्कनै पर्ने अवस्थामा कसरी सावधानी अपनाउन सकिन्छ ? यस विषयमा भाद्र ४ गते संघीय सांसद गगन थापापले डा. सुवेदीसँग जुम एपमार्फत गरेको कुराकानी हामी तपाईलाई देखाउदैछौ ।

Comments